Shittalpati
निर्यात बढाइ आयात कम गरी व्यापार घाटा कम गराउँछौ : अर्थमन्त्री महत

पाल्पा, नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाश शरण महतले  निर्यात बढाइ आयात कम गरी देशको व्यापार घाटा कम गर्ने  बताएका छन् । शुक्रबार रामपुरमा रहेको अन्धकारमुक्ती बचत तथा ऋण सहकारी सस्थाको  २५ औं साधारण तथा रजत जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै निर्यात बढाइ आयात घटाएर व्यापार घाटा कम गर्ने  बताएका हुन् । 

बिजुली, हाइड्रोपावरबाट आम्दानी गर्ने योजनासका साथ सरकारले काम गरेकाले भारतमा बिजुली निर्यात गरेर व्यापार घाटा कम गर्ने मन्त्री  महतले बताए । उनले भने ‘हिजो मात्र विदेश मन्त्रीसंग बिजुली निर्यातको सम्झौता भएको छ । अब बिजुली पठाएर पेट्रोलियम पदार्थको घाटा कम गर्छौ ।’ मन्त्री महतले अर्थतन्त्र लयमा फर्किएको समेत बताए । पहिलादेखि नै अर्थतन्त्रमा थुप्रिएका समस्याहरुलाई बिस्तारै हटाउँदै  गएको कारणले अर्थमा बिस्तारै सुधार देखिन थालेको र अबका दिनमा यो भन्दा पनि बढी सुधार हुने अर्थमन्त्री महतको दाबी थियो । अर्थमन्त्री महतले अर्थतन्त्र शिथिल देखिनुको कारण कोभिड, कर्जा प्रवाह नहुनु, लगानीका प्रतिफल प्राप्त नहुनु, पछिल्लो समयमा व्याजमा वृद्धि हुनु र जग्गाको कारोबारमा मन्दी छाउनु रहेको जिकिर गरे । ‘हाम्रो टुरिजम ठप्प थियो, ब्याक भइरहेको छ । मान्छेहरु आउन थालिरहेका छन् । त्यसले अवसर सिर्जना गर्नेछन् । त्यसको फाइदा धेरै पपुलेसनमा आधारित हुन्छ, धेरै रोजगारी दिन्छ’ उनले भने ।

अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोंच र प्रचारको आवश्यकता रहेको समेत उनले बताए । ‘अब विस्तारै हाम्रो इकोनोमीले लय पक्रँदै छ । हिजो कोभिड थियो, बाÞय अरु पनि समस्याहरु थिए । विस्तारै त्यो हट्यो, लय पक्रिँदै छ । अब एउटा पोजेटिभ डिस्कोर्स सुरु गर्दैछौं । हामीले नेगेटिभ मात्रै कुरा ग¥यौं भने नेगेटिभ नै परिणाम आउँछ’ उनले भने । अर्थमन्त्री महतले विदेश जानेबित्तिकै सबै चिज प्राप्त हुन्छ भन्ने मानसिकताबाट युवाहरु मुक्त हुनुपर्ने बताए । उनले आवश्यकता असिमित र श्रोत साधन सिमित भएकाले सोही अनुसार काम गर्नु परेको बताए ।  कोभिड अघि र पछि राष्ट्र बैंकले सस्तोमा ऋण लगानी गर्दा  नागरिकले धेरै  भन्दा धेरै ऋण ल्याउने गर्दा समस्या आएको उनले उल्लेख गरे । मन्त्रीले महतले भने ‘जग्गा सेयरमा लगानी गरेकाहरुमा काम भएन ऋण तिर्न सकेनन् जसले समस्या भो, राष्ट्र बैंकले पनि ब्याज बढाएर कडा गरे पछि समस्या आयो । त्यसैले अहिले अर्थतन्त्र खतम भयो भनेर हला फिजाइएको हो ।’ अहिले हल्ला जस्तो नभएको उनले बताए । मन्त्री महतले उत्पादन क्षेत्रमा लगानी गर्न समेत सबैमा आग्रह गरे । उत्पादन क्षेत्रमा लागानी गरे आर्थिक समस्या नहुने उनले उल्लेख गरे । देशको अर्थतन्त्रमा महिलाको योगदान महत्वपूर्ण रहेको समेत मन्त्री महतले बताए । महिलाहरुलाई राजनीति र आर्थिक रुपमा सहभागिता गराउने गरी महिलाहरुलाई आयआर्जनसँग जोड्ने गरी सरकारले काम गरेको पनि उनले बताए । मन्त्री महतले कालिगण्डको करिडोरलाई छिटै पूरा गरी रामपुरलाई आर्थिक पाटोसंग जोड्ने काममा  आफुहरु लागेको बताए । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेश सांसद राजु श्रेष्ठ, राष्ट्रिय भूमि आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैरे, जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डे, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगदीश भट्टराई, नेपाली काँग्रेसकी केन्द्रिय सदस्य सीता देवकोटा, सामाजिक तथा राजनीतिक व्यक्तित्व सन्दिप राना, नेपाली काँग्रेस पाल्पाका उपसभापति ज्ञानबहादुर गाहा, रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा लगायतले सहकारीको सफलताको शुभकामना व्यक्त गरे । 

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update