Shittalpati
पाल्पा जेसीजको अध्यक्षमा कार्की, ४३ औं पद हस्तान्तरण तथा पदस्थापना

पाल्पा, पाल्पा जेसीजमा सामाजिक व्यक्तित्व, युवा नेता जेसीज अर्जुन कार्कीको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । वर्ष २०२४ का लागि कार्कीको अध्यक्षमा नयाँ समिति चयन भएको हो ।

समिति चयनसँगै जेसीजको ४३ औं पद हस्तान्तरण गरिएको छ । वर्ष २०२३ का अध्यक्ष सुनिलकुमार बस्यालले वर्ष २०२४ का अध्यक्ष कार्कीलाई पद हस्तान्तरण गरेका हुन् । अध्यक्ष कार्की सहित जेसीजका १६ जना पदाधिकारीहरुले पनि पदभार ग्रहण गरेका छन् । तानसेनमा एक औपचारिक कार्यक्रमकाबिच २०२३ को समितिले २०२४ का नयाँ समितिलाई पद हस्तान्तरण गरेका हुन् । २०२४ का लागि  निवर्तमान अध्यक्षमा सुनिल कुमार बस्याल, कानुनी सल्लाहाकार विवेककाजी शाक्य, का.का उपाध्यक्ष गणेश पन्थी, का.का उपाध्यक्ष महेश खनाल, महासचिवमा विजय कार्की, कोषाध्यक्ष करन चित्रकार, उपाध्यक्षहरु सतिशराज शाक्य, विक्रम सिंह, कला दाहाल, मुकेश जिसी, सह–सचिवमा सुमन बस्याल, शाखा सम्पादक प्रकाश कार्की, प्रकरण निर्देशक प्रियंकर मुनी शाक्य, जनसम्पर्क अधिकारीमा निजाम दिन मिया, तालिम संयोजकमा बालकृष्ण बस्याल चयन भएको निर्वाचन मण्डलका संयोजक धिरज बज्राचार्यले जानकारी दिए । 

पद ग्रहण गरेसँगै नवनियुक्त अध्यक्ष कार्कीले पाल्पा जेसीजले वर्ष २०२४ का लागि युवा लक्षित कार्यक्रममा केन्द्रीत भई कार्य inspire youthÚ  प्रकरण (Theme) लाई सार्थक पार्न स्थानीय, प्रदेश सरकारसँग समन्वय गरी अगाडि बढ्ने बताए । उनले युवाहरूको मन मस्तिष्कमा बस्न र समाज परिवर्तनको लागि नयाँ र विशिष्ट कार्य योजनाको साथ काम गर्ने उल्लेख गरे । अध्यक्ष कार्कीले युवाहरूको साथ लिएर  समाज, राष्ट्रको विकास र जेसीजको नयाँ उचाइलाई थप सशक्त पार्दै इँट्टा थप्ने बताए ।   कार्यक्रममा जेसीजले तयको प्रकरणलाई प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले अनावरण गरेका हुन् । थिम अनावरण गर्दै सांसद रानाले कार्की नेतृत्वको नयाँ समितिलाई बधाई तथा वर्ष २०२३ का अध्यक्ष बस्याल नेतृत्वको समितिलाई हार्दिक आभार व्यक्त गरे । उनले समाज र मुलुकमा देखिएका विकृति, विसंगतीका विरुद्ध सशक्त ढंगले लाग्न समेत नयाँ नेतृत्वलाई  आग्रह गरे ।  सांसद् रानाले अहिलेको व्यवस्थामााथि प्रहार भइरहेकाले युवाहरुको बलिदानीबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बचाई राख्न समेत जेसीजमा आवद्ध युवाहरु लाग्ने बेला आएको धारणा व्यक्त गरे । उनले भने‘ अब जेसीजले फरक ढंगबाट रचनात्मक शैली अपनाएर अगाडि बढ्नुको विकल्प छैन् ।’ 

कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ,  नेपाल जेसीजका वर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष गणेश सापकोटा, जेसीज पाल्पाका संस्थापक अध्यक्ष छत्रराज शाक्य, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष तथा जेसीज वर्ष २०१२ का राष्ट्रिय उपाध्यक्ष शैलेन्द्र भट्टराई लगायतले समाज र राष्ट्रको विकासका लागि युवाहरु एक भएर अगाडि बढ्न नयाँ नेतृत्वलाई आग्रह गरे । नव नियुक्त अध्यक्ष अर्जुन कार्कीको धन्यवाद, महासचिव विजय कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update