Shittalpati
पाठ्यपुस्तक ‘हाम्रो चन्द्रकोट’ विमोचन

गुल्मी, गुल्मीको चन्द्रकोट गाउँपालिकामा ‘हाम्रो चन्द्रकोट’ पाठ्यपुस्तक विमोचन गरिएको छ ।  आधारभूत तह कक्षा १ देखि ८ को स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो चन्द्रकोट’ पाठ्यपुस्तकको एक औपचारिक कार्यक्रमकाबिच विच विमोचन गरिएको हो । पाठ्यपुस्तकको प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्री, गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्री, उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनी लगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

 पुस्तक विमोचन गर्दै प्रमुख अतिथि खत्रीले नेपालको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले गरेको व्यवस्था अनुसार स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तकले स्थानीय,राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय विषयवस्तुको बोध गराउन महत्वपूर्ण भूूमिका खेल्ने  पुग्ने अपेक्षा लिइएको बताए ।

कार्यक्रममा लेखन तथा सम्पादन मण्डललाई दोसल्ला तथा प्रशंसा पत्रद्वारा सम्मान समेत गरिएको थियो । स्थानीय पाठ्यपुस्तकको माध्यमबाट चन्द्रकोट गाउँपालिकाका स्थानीय भूगोल, प्राकृतिक श्रोत र साधन, धर्म संस्कृति तथा सामाजिक विविधता, स्थानीय पेशा, परम्परागत सीप र जीविकोपार्जनका आधार, विकासका पूर्वाधार, स्वास्थ्य पोषण र प्राथमिक उपचार, प्रकोप जोखिम व्यवस्थापन र हरित विद्यालय, गाउँपालिकाको दिगो विकासका अभ्यास, सम्भाव्यता र नवीनतम प्रविधि आदि जस्ता विषयवस्तु समेटिएको पाठ्यपुस्तक लेखन तथा सम्पादन मण्डलका संयोजक एवं शिक्षा अधिकृत नयनसिंह ठकुरीले  बताए । विमोचन कार्यक्रम गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update