Shittalpati
तानसेनमा ‘माघे संक्रान्ति,मेला’  

पाल्पा, जिल्लाको तानसेन नगरपालिका– ४ स्थित मखनटोल टोल विकास संस्थाले एक दिने माघे संक्रान्ति मेला सञ्चालन गरेको छ । संस्थाले माघे संक्रान्ति आउन केही दिन बाँकी छर्दै आज तानसेनमा मेला सञ्चालन गरेको हो । 

परम्परागत कलासंस्कृतिलाई जोगाउन, माघे संक्रान्तिमा खाने परिकारहरुको जानकारी गराउँदै प्रचार प्रसार गर्न एक दिने माघे संक्रान्ति मेला गरिएको  मेला संयोजक मञ्जु कुवँरले बताईन् । जिल्ला प्रशासन कार्यालय अगाडि हुलाक चोकमा राखिएको मेलामा सोही दिन खाने परिकारको रुपमा तिलको लड्डु, भुजाको लड्डु, चाकुसाला, खुर्मा, तखला, सेलरोटी, विभिन्न थरीका नेवारी परिकारका सेट, बटुक, लगायतका सरसमान राखिएको छ । 

जाडोको समयमा शरिरमा उर्जा प्राप्त गर्न, फरक चाडवाड, फरक खानपान नेपाली मैलिक परम्परा रहेकाले नयाँ पुस्ताका कला संस्कृति खानपान सिकाउन, चलिरहेको परम्परा जोगाउन मेला राखिएको संस्थाकी अध्यक्ष प्रमिला कार्कीले बताईन । मखनटोल टोल विकास संस्थाले लामो समयदेखी तानसेनमा सडक खाना महोत्सव, नेवारी खाना महोत्सव, तिहार बजार लगायतका नियमित कार्यक्रम गर्दै संस्थालाई चलायमान राखेको छ । 

माघे संक्रान्तिमा विभिन्न परिकारका तिलको लड्डु, भुजाको लड्डु, चाकु, विभिन्न रोटीका परिकार, तरुल, गण्जी, सखरखण्ड लगायतका परिकार खाने प्रचलन रहेको छ । माघ महिनाको पहिलो दिन यो पर्व मनाइन्छ, जसको अनेक नाम छन् । जस्तो माघे संक्रान्ति, मकर संक्रान्ति, माघी ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update