Shittalpati
एसईई चैत पहिलो साता हुने,  एसईई हटाउन नहुने राष्ट्रिय परीक्षा बोर्डको सुझाव

पाल्पा,  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)  आगामी चैत पहिलो हुने  भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार चैतको पहिलो साता गर्ने तयारी थालेको हो । 

शिक्षा विधेयकमा कक्षा १० को परीक्षा उल्लेख नरहेकाले यो वर्ष एसईई हुने वा नहुने भन्नेबारे अभिभावक र विद्यार्थी अन्योलमा परेका बेला बोर्डले भने परीक्षा सञ्चालनको तयारी थालेको जनाएको छ । बोर्डले परीक्षाको लागि माघको पहिलो हप्ता रुटिन निकाल्ने गरी काम थालेको छ । विधेयक संसदमा छलफलको क्रममै रहेकाले बोर्डको निर्धारित तालिकाअनुसारै एसईई  गर्न लागेको हो । शिक्षा ऐनअनुसार बोर्डले रुटिन निर्माण र सार्वजनिक गर्ने, प्रश्नपत्र निर्माण तथा छपाई र प्रमाणपत्र प्रमाणिकरण गर्छ । 

यस्तै राष्ट्रिय परीक्षा बोर्डले शिक्षा समितिलाई माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने सुझाव समेत दिएको छ । बिहीबारको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि बोर्डको तर्फबाट धारणा राख्दै अध्यक्ष डा.महाश्रम शर्माले एसईई हटाउन नहुने सुझाव दिएका हुन् । एसईई  हुनुपर्छ । तर, केन्द्रीकृत नभई प्रादेशिक रूपमा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो’ अध्यक्ष शर्माले भने ।  विधेयक कक्षा ८ र १२ मा परीक्षा हुने उल्लेख गरिएको छ । उक्त प्रावधानले विद्यार्थीहरूको पढाइमा झन् कमी आउने उनको तर्क छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update