Shittalpati
पाल्पा जेसीजका पदाधिकारीलाई ‘लोम अफिसर’ तालिम

तानसेन, पाल्पा जेसीजका पदाधिकारीलाई ‘लोम अफिसर’ तालिम दिइएको छ । पाल्पा जेसीज बर्ष २०२४ ले आफ्नो शाखाको कार्य सम्पादनलाई व्यवस्थित बनाउन ब्यक्तिगत क्षेत्रतर्फको लोम अफिसर तालिम पदाधिकारीलाई दिइएको हो ।

पाल्पा जेसिज बर्ष २०१५ का अध्यक्ष जेसी श्रीचन्द्र शाक्यले पदाधिकारीहरुलाई प्रशिक्षण दिएका हुन् । उनले पदीय जिम्मेवारी र कर्तब्य तथा जेसीजको लक्ष्य र उद्देश्यका बारेमा जानकारी गराएका थिए । मुख्य प्रशिक्षक शाक्यले शाखाले गरेका हरेक कार्यहरुलाई समयमै सही ढंगले सम्पादन गर्न सकिएन भने शाखाले मेहनतका साथ सम्पन्न गरेका कुनै पनि कार्यहरुको मुल्यांकन हुन नसक्ने  बताए ।

हरेक सदस्यले शाखा व्यवस्थापनमा सहकार्य गर्न तालिमको आवश्यक रहेको उनको भनाई छ । युवाहरु हरेक पक्षमा सबल र सफल बन्न आफुमा अनुशासन र धैर्यता हुनुपर्ने समेत शाक्यले सहभागीहरुलाई बताए । तालिम संयोजक जेसी बालकृष्ण बस्यालको संयोजकत्वमा सञ्चालन भएको तालिम शाखाका अध्यक्ष जेसी अर्जुन कार्कीको अध्यक्षता, शाखा सम्पादक जेसी प्रकाश कार्कीको आस्था पाठ बाचन, ब्यक्तिगत क्षेत्र तर्फका उपाध्यक्ष जेसी बिक्रम सिंहको स्वागत, महासचिव जेसी विजय कार्कीको सञ्चालनमा  भएको थियो  ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update