पाल्पा, पछिल्लो समय मगर समुदायको संस्कृति हराउँदै गएकोमा चिन्त व्यक्त गरिएको छ । जिल्लाको रामपुरमा रहेका मगर समुदायले आफ्नो रितिरिवाज भेष–भूषा र संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका हुन् ।
माघे संक्रान्ति पर्वको अवसरमा नेपाल मगर संघ रामपुर–७ पाल्पाले आयोजना गरेको मगरी खानाका परिकारसहित शुभकामना आदान–प्रदान कार्यक्रमका सहभागीहरुले परम्परागत संस्कृति ओझेलमा परेको बताएका छन् । कार्यक्रम नेपाल मगर संघका केन्द्रीय सदस्य धनबहादुर रानाले मगर समुदायको रितिरिवाज भेष–भूषा, संस्कृति पछिल्लो समय ओझलमा पर्दै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले विभिन्न समयमा मनाइने चाड पर्व पनि परम्परा भन्दा फरक मनाउन थालेको बताए । अध्यक्ष रानाले आफ्नो मौलिक संस्कृति जोगाई राख्न सबै मगर समुदायलाई आग्रह समेत गरे ।
रामपुर नगरपालिका वडा–७ का वडा अध्यक्ष दोवराज तिवारीले मगर समुदायको पहिचान बोकेका विभिन्न संस्कृतिको संरक्षणका लागि वडा कार्यालयले सहयोग गर्ने भन्दै समुदायसँगै समाज रुपान्तरणमा लाग्न आग्रह गरे । संघ नगर समितिका अध्यक्ष रामबहादुर हिस्की थापाले जातिय पहिचानसँग जोडिएका हरेक संस्कार र संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताए । एकिकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष देवबहादुर थापा मश्रा·ीले जातिय उत्थानसँगै आर्थिक समृद्धिका लागि पनि सोँच्नुपर्ने बेला आएको बताए । कार्यक्रममा रामपुर नगरपालिका वडा–७ का सदस्य मिनबहादुर सिंजाली, रामपुर नगरपालिकाका प्रेस सल्लाहकार दानु हिस्की मगर, एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाका सचिव जमुना राना, नेपाल मगर संघ रामपुर–१ पाल्पाका अध्यक्ष नरराम राना, क्रियाशिल मगर उत्थान समुहका अध्यक्ष रेमबहादुर राना, सल्लाहाकार ताराबहादुर विरकट्टा, क्रियाशिल मगर उत्थान समुहका सदस्य दुर्गादेवी राना, प्रेमकुमारी बयम्बु, जनीसरा खासु लगायतले मगर संस्कृति ओझेलमा परेकोप्रति चिन्ता व्यक्त गर्दै संरक्षणमा सबै एक हुनुपर्ने बताए । सोही अवसरमा संघमा ५० हजार ५ बराबरको कोषको स्थापना गरिएको छ । संघका अध्यक्ष चेतबहादुर हिस्कीको अध्यक्षता, सहसचिव बलबहादुर थापाको स्वागत, उपाध्यक्ष हुममाया रानाको धन्यवाद, सचिव केशबहादुर थापा सारुको सञ्चालनमा कार्यक्रम भएको थियो ।