हजुरबा आज कुन कथा भन्नु हुन्छ ? नाति नातिनाहरुले एकै स्वरले जिज्ञासा पस्किए । तिमीहरुले जे विषयमा सुन्न चाहान्छौ ,त्यहि भन्छु ल भनभन हजुरबाले आज्ञा गर्नु भयो । ल आज रामराज्यको कथा सुनाउनु है , सबै भन्दा ठूली दश कक्षा पढ्दै गरेकी नातिनीले आग्रह गरिन । तिमीलाई रामराज्यको कथा सुन्ने ईच्छा कसरी आयो ? हजुरबाले भन्न नपाउदै नातिनीले भनिन अयोध्यामा राम मन्दिरको समुद्घाटन र मूर्तीको प्राण प्रतिष्ठा हुँदैछ रे भन्ने सुनेकी छु। फेरी भगवान भनेर सपुज्यीत रामले गर्भवती सीतालाई किन सुनिसुनाईको पछि लागेर त्यागी दिए ? वालीलाई लुकेर वाण हाने ? सुनको मृग हुँदैन भन्ने जान्दा जान्दै किन समात्न पछि लागे ? सीताले किन लक्ष्मणलाई शंका गरिन ? जान्नलाई हो हजुरबा। ए त्यसो भा ध्यान दिएर सुन है भन्दै कथा शुरु गर्नु भयो ।
अयोध्याका राजा दशरथलाई सन्तान नहुँदा यज्ञ लगाए । यज्ञको फलस्वरुप कौशल्याका पुत्रको रुपमा राम , कैकेहीका पुत्रको रुपमा भरत र सुमीत्राका पुत्र रुपमा शत्रुघ्न र लक्ष्मण प्रकट भए । यिनीहरु गर्भाधान प्रक्रियाबाट जन्मेका थिएनन । यज्ञको प्रसाद पायस (खीर) बाट उत्पन्न भएका थिए मनुष्य रुपमा । रामको बिवाह जनकपुरका राजा विदेही जनककी छोरी सीतासंग भएको हो । राजा जनक परम ज्ञानी थिए । अष्टावक्र ऋषीबाट अनेक जिज्ञासाका ज्ञान लिन्थ्ये । देह अर्थात शरिर धारी हुँदा हुँदै पनि मन वसमा राखेका थिए । संसारिक बिषय , सत्ता भोगमा भन्दा आत्म ज्ञानको उच्चतामा रहने हुँदा उनलाई विदेही अर्थात देह रहित मानिन्छ। शिवको धनुषमा जसले पर्त्यन्जा लगाउन सक्छ उसै संग सीताको बिवाह गरिदिने शर्त जनकले घोषणा गरेका थिए। रामले शर्त पुरा गरेकाले सीता संग रामको बिवाह भएको थियो । अरु कैयौ राजा , राजकुमारहरुले डगाउन पनि नसकेको धनुष रामले उठाएर खैंचदा धनुष नै भाचिएको थियो । धनुष प्रतियोगिता आयोजना भएको ठाउँ भएकाले जिल्लाको नाम नै धनुषा रहन गएको हो । सीता पनि आमाको गर्भवाट होइनकि जमीनवाट उत्पत्ति भइकी थिइन । त्रेत्ता यूगमा मात्र होइन कलि युगमा धेरै पछि संम पनि नेपाल भारत भन्ने नै थिएन । मिथिला , अयोध्या आदि नामका अनेकौ राज्य थिए । अयोध्या अहिले भारतमा छ र जनकपुर नेपालमा । हुन त नेपालका एक जना प्रधानमन्त्रीले राम जन्मेको नेपालको ठोरी चितवनमा हो भनेर पनि दावा गर्नु भएको छ । यसमा अहिले केही भन्दिन ल । लंका विजय गरी फर्के पछि रामले अयोध्यामा दिव्य बाह्र हजार वर्ष राज्य गरेका थिए । कैकेहीको वचन राजा दशरथले टार्न नसक्दा राम १४ वर्ष वनवास भए । एक दिन वनको कुटीवाट सीताले सुनौलो मृग देखिन र छोपेर दिन सीताले रामलाइ भनिन । राम मृगको पछि लागे । केहिछिन पछि है लक्ष्मण ! भनि गुहार मागेको ध्वनी सुनेर सीताले लक्ष्मणलाई दाईको सहायता गर्न जाउ भनिन । म तपाइलाई छोडेर जादिन भन्दा दाईलाई केही भए मलाई भोग्ने मन राखेको भन्ने आरोप लगाइन । त्यो वचन लक्ष्मणलाई असैह्य थियो । सीताको सुरक्षाका लागि रेखा वनाएर छोडे । जुन रेखा अरुले पार गरेमा तत्क्षण भष्म हुने शक्तिशाली थियो । लक्ष्मण रेखा बाहिर गएर भिक्षा दिदा भिक्षुक योगि धारण गरेका रावणले छल गरी सीतालई हरण गरी लंका लगे । अहिले पनि कसैलाई नियम , वाचामा राख्न लक्ष्मण रेखा कौरौ भन्ने चलन छ । बाल्मिकीले रामावतार पूर्व नै रामायणको रचना गरेका थिए । भानुभक्तले गीति लयमा रामायण लेखे । यि दुबै रामायण कथाको वास्तविकता भन्दा केही घटना मूलरुपमा फरक छन् तुलसीदास कृत रामचरित मानसमा । राम वनवास जादा सीता स्वेच्छाले अग्नीमा प्रवेष गरी सुरक्षीत वसेकी थिइन । लंका विजय गरी राम अयोध्या फर्के पछि म आए सीता प्रकट होउ भनेर रामले भने पछि सीता अग्नीबाट निस्केकी हुन। अबुझहरुले सीताको पवित्रताको परीक्षा लिएको भनेर अनर्थ लगाएका हुन । वनमा गएकी र रावणले हरेकी सीता नक्कली सीता थिइन । सीता अग्नीवाट निस्कना साथ नक्कली सीता अलप भइन ।
रावणलाई अन्त्य गर्न भगवान श्रीरामले रचेको लीला थियो सबै ।खासमा पद्मावती नामकी नारीले भगवान पति पाऊ भनेकी थिइन । त्रेता युगमा होइन कलीयुगमा भगवान पति पाउने छौ , अहिले नक्कली सीता हुन सक्छौ भनेर पद्मावती सीता वनेकी थिइन । त्यसैले गर्दा उनि भ्रमित भएर अपहरणमा परेकी हुन । लक्ष्मणलाई शंका गर्नुको कारण पनि प्रतिनीधि पात्र भएकाले हो ।कलियुगका भगवान श्रीनिवासकी पत्नी वन्ने शौभाग्य पाइन पछि पद्मावतीले । अहिले पनि श्रीनिवास दक्षीण भारतमा तिरुमाला पर्वतमा तिरुपती वालाजीको रुपमा छन । उनी खासमा त्रिपति हुन ।अर्थात पद्मावती , वेदवती र भूदेवी गरी तीनवटी पत्नीका पति भएकाले त्रिपति हुन । त्रिपतिलाई नै कालान्तरमा तिरुपति भनिएको हो । एक दिन धोविकी पत्नी लुगा धुने काम सकेर घर फर्कदा साझ पर्यो , त्यहीवेला घनघोर वर्षा भयो । खोला थियो घरजाने बाटोमा , खोला बढेर तर्न नसकिने भए छ । नजिकैको केवटको घरमा केवटकी श्रीमती संगै धोविनी वास वसिछन । बिहान घर पुग्दा अरुकोमा रात विताएकी तलाइ म घरमा राख्दिन । म राम जस्तो अर्काले लगेकी सीतालाइ राखे जस्तो राख्दिन भनेछ धोविले। तर रामले धोविको वचनले त्यागेका होइनन । संजोग मात्र परेको हो । राम अयोध्यका राजा भएको ११ हजार वर्ष भएको थियो । सीता गर्भवती भइन । सीताको इच्छा कुनै सन्त ऋषीको आश्रमा बच्चा जन्माउने थियो । उनी आफ्नो सन्तानलाई दरवारको तडकभडकमा होइन कि कुनै सिद्द ऋषिको सुसस्कारमा हुर्काउन चाहिन । आफ्नो चाहना पुरा गर्न रामको अनुमती लिएर बाल्मिकी आश्रम गएकी हुन सीता । धोविले वोलेकै दिन सीता बाल्मिकी आश्रम प्रस्थानको दिन पर्नु संजोग मात्र हो । रामले सीतालाई आरोप लगाएर त्यागेका होइनन । सीता धर्ती पुत्री थिइन त्यसैले पछि धर्तीमै अलप भइन ।
राम मर्यादा पुरुष थिए । उनको राज्यमा कसैलाई पनि अन्याय हुँदैनथ्यो । मानिस त के पशु पंक्षीले पनि न्याय पाउथे । अन्यायी जो सुकैले दण्ड पाउथे । राज्यको स्रोत साधन जनताको हीतमा उपयोग हुन्थ्यो । रामराज्य भनेको अहिले भन्ने गरिएको सुशासन हो । रामलाई भगवान भनेर नचिन्ने डेनमार्क , दिनिदरल्याण्ड , फिनल्याण्डमा अहिलेको जस्तो राम्रो प्रवन्ध छ नि ,हो त्यो भन्दा नी राम्रो व्यवस्था भएकोले राम राज्य भनिएको हो । रामको राज्य भएर मात्र रामराज्य भनिएको होइन । जननी जन्म भूमिश्च स्वर्गादपी गरियसी भनेर रामले जन्म दिने आमा र जन्मेको देश स्वर्ग भन्दा प्यारो हुन भनेर भरतलाई संझाएका थिए। कैकेही मेरी माताले गर्दा हजुर वनवास जानु पर्यो भनि कैकेहीलाई भरतले दोष दिदा संझाएका थिए रामले यो स्लोक भनेर । कैकेहीले रामलाई वनवास भरतलाई राज्य भन्नुको छुट्टै रहस्य छ । राजा दशरथ पछि जो १४ वर्ष अयोध्याको राजा होला उसको र अयोध्याको सर्वनाश हुने योग थियो । त्यो टार्न र रावणको पनि उद्धार गर्न जरुरी भएकाले त्यो सबै भएको थियो । त्यस़ैले त भरत गद्दिमा नवसि रामको खराउ ( काठको जुत्ता ) लाई गद्दिमा राखेर दरवार भन्दा अलग्गै ठाउँ नन्दिग्राममा बसेर राजकाज चलाउनु परेको थियो । यो रहस्यको राज राम र कैकेहीलाई थाहा थियो । मान्छेले बुझ्ने बिषय थिएन त्यो । नबुझेर हो कैकेही जस्तै सौतेनी आमा परोस भनेर सराप्थे रे कहिले कस़ै कसैले । एक दिन एउटा रुखमा गुड बनाउने भनि गिद्द र कौवा बीच झगडा परेछ । दुबैले उक्त रुख आफ्नो पुर्खौली हो भनि दावी गरेछन । न्याय पाऊ भन्दै दुबै पंक्षी रामकोमा पुगेछन । जहिले देखि कौवा भन्ने पंक्षी छ , त्यहिले देखि कैयौ युग देखि रुखमा मेरो पुर्खाले गुड लगाउदै आएकाले रुख आफ्नो जातिको हो भनि दावी पेश गरेछ । गिद्दले आफ्नो चार पुस्ता देखि त्यो रुखमा गुड बनाउदै आएको दावी गरेछ । रामले प्रसिद्द बृक्ष विज्ञलाई रुखको उमेर पत्ता लगाउन आदेश गरेछन । रुख सवा सय वर्ष पुरानो ठहर भएछ । युगौ युग देखिको भन्ने कौवाको दावी मिलेन । रुख गिद्दको ठहर भयो । झुठ्ठा दावी गरे वावत कौवाको एउटा आखा फुटाइ दिने भनि दण्ड पायो । त्यस़ैले कौवाले अहिले पनि एकातिर मात्र देख्न सक्छ । यसरी राम राज्यमा न्याय अन्याय छुट्टिन्थ्यो । वानर राजा वाली वलवान थिए । रावण जस्तो शक्तिशालीलाई कैयौ दिन पुच्छरले वेरेर कैद गरेका थिए । रावणलाई हराउन एक्लै वालीको साथ पर्याप्त हुने थियो । त्यतिका वानर सेना जरुरी थिएनन । तर वालीले आफ्नो भाई सुग्रिवको पत्नी तारालाई हरेर लगेको थियो । वालीलााई दण्डित नगरी उसको सहायता लिनु रामको मर्यादा विपरित हुन्थ्यो । आफ्नी भार्या मुक्त गर्न बुहारी हरण गर्नेको सहायता लिए भन्ने आरोप लाग्ने थियो । नारायण भगवानवाट वालीले वरदान पाएका थिएकि उस संग जो युद्ध गर्ला सामुन्ने आउने शत्रुको आधावल वालीमा थप जोडिने छ । त्यसैले रामले टाढैवाट वाण हान्नु परेको हो । एउटा भगवनको वचन अर्को भगवानले मिथ्या सावित गरि मर्यादा उलंझन नहोस भनेर रामले वालीले नदेख्ने गरी वाण चलाउनु परेको हो , डराएर होइन ।
त्रेता युगमा मानिस वनेर अयोध्यामा प्रकट भएका रामको जन्म भूमी अयोध्या मुगल संम्राटको अधिन पर्यो । ईस्वी संवत १५२८ मा मुगल संम्राट बाबरले सेनापति मीर बाकालाई राम मन्दिर भत्काउन आदेश दिए । त्यस क्रममा १ लाख ७४ हजार हिन्दू पनि मारिए । मुगल संम्राटले मन्दिरको ठाउँमा मस्जित बनाए । पछि बीरवलको सुझावमा अकवरले थोरै ठाउँमा सानो मन्दिर बनाउन र हिन्दूलाई पूजा गर्न दिए छन । तर त्यस पछिका मुगलले त्यो पनि हटाइ दिए । ४९६ वर्ष पछि रामको जन्मस्थलीमा विशाल राम मन्दिर वनाइएको छ । पटक पटक गरी हिन्दूहरुले ७८ वटा धर्म युद्ध लड्दा ३ लाख ५० हजार वढी हिन्दूले ज्यान गुमाए। नरेन्द्र दामोदर मोदि दोस्रो कार्यकालका लागि प्रधानमंत्रि निर्वाचित हुनासाथ भारतीय सर्बोच्च अदालतले जमिन रामको भनेर फैसला गर्र्यो । यो मुद्दा ९९ वर्ष देखि अदालतमा थियो । ५ अगस्त २०२० मा मोदिले मन्दिरको शिलान्यास गरेका थिए । नेपालको वेनी स्थित कालीगण्डकी तटबाट लगिएको शीलाबाट समेत राम मन्दिर निर्माणमा प्रयोग भएको छ । मन्दिरको उचाई १६१ फिट छ रे। यहि माघ ८ गते तदनुसार २२ जनवरी २०२४ मा भव्य समारोहका साथ मूर्तीको प्राणप्रतिष्ठा र उद्घाटन हुँदैछ रे । कुनै पनि भगवान वा देवी देउताको मूर्ती यदि, वीधिविधान पूर्वक प्राण प्रतिष्ठा भएन भने त्यसको दर्शनले , पुजनले लाभको सट्टा हानी पुर्याउछ। वीधि पुगेन भने मूर्तीमा यक्ष , भूत ,प्रेत , पिशाच उपद्रवी तत्वले बास गर्छन र दर्शन गर्ने र वरिपरी क्षेत्रलाई हानी पुग्छ । त्यसैले मूर्तीको वैदिक वीधिपूर्वक प्राण प्रतिष्ठा गर्नु पर्छ । फोटो वा तस्विर जस्तो गरि घरमा पनि त्यत्तिकै मूर्ती राख्नु हानीकारक हुन्छ भनि स्कन्द पुराणमा वर्णन गरिएको छ ।बुझ्यौ त नातिनि भन्दै हजुरबाले आजको कथा सक्नु भयो । हामी एक घण्टा पढेर सुत्छौ है हजुरबा भन्दै केटाटी किताब फर्काउन थाले । सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला । यो कथा बैकुण्ठमा जाला , भन्ने वेला फर्केर आउला भन्दै हजुरबा सु्त्न आटितिर लाग्नु भो ।