Shittalpati
अब त्रिविका शैक्षिक प्रमाणपत्र अनलाइनबाटै

पाल्पा, त्रिभुवन विश्व विद्यालयमा  विद्यार्थी संख्या घट्दै गएका बेला विद्यार्थीहरुलाई सहज बनाउन शैक्षिक प्रमाणपत्र अनलाईनबाटै पाउने व्यवस्था मिलाउन लागिएको छ । शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय जानुपर्ने बाध्यताको अन्त्य गर्दै विद्यार्थीलाई सहज बनाउन परीक्षा नियन्त्रण कार्यालयले अनलाईनमार्फत पाउने व्यवस्था गर्न लागेको हो ।

पनिकाले यही माघ १५ गतेदेखि सबै शैक्षिक प्रमाणपत्रको काम अनलाइनमार्फत गर्ने र सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा पठाउने भएकाले अब विद्यार्थीलाई बल्खुस्थित पनिका कार्यालयमा पुग्न नपर्ने भएको छ । अहिलेसम्म कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नुपर्ने बाध्यता विद्यार्थीलाई रहेको थियो । यो व्यवस्था लागु भएसँगै अब उक्त झन्झट हट्ने भएको हो । विद्यार्थीले ट्रान्सक्रिष्ट, प्रोविजन सर्टिफिकेट, पुनर्योग, कुनै पनि प्रमाणपत्रको प्रतिलिपि तथा सच्चाउनुपर्ने जस्ता काम अनलाइनबाट गर्न सक्ने छन् । विद्यार्थीले कुनै पनि शैक्षिक प्रमाणपत्र लिनका लागि अनलाइन मार्फत फाराम भरेर शुल्क पनि इ–पेमेन्टबाट तिर्न सक्ने पनिकाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update