Shittalpati
सियारी गाँउपालिकाद्वारा अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री 

भैरहवा, रुपन्देहीको सियारी गाँउपालिकाले अपाङगता भएका व्यक्तिलाई सहायता सामग्री दिएको छ । पालिकाले ११ जना अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री दिएको हो ।

पालिकामा आएका १४ जनाको निवेदन मध्य ११ जनालाई ट्राई साईकल, ह्वील चियर र बैशाखी वितरण  गरिएको गाउँपालिकाले जनाएको छ । बाँकी रहेका ३ जना उपस्थित नभएका कारण प्रदान नगरिएको र आवश्यकता आधारमा पछि प्रदान गरिने छ । 
गाउँपालिकाले आर्थिक अवस्था र शारिरिक अवस्था कमजोर भएका व्यक्तिहरु पनि  सहजरुपमा हिडडुल गर्न पाउन भन्ने उद्देश्यले सहायता सामाग्री प्रदान गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । गाउँपालिकाले महिला विकास शाखामार्फत ९ वटा ट्राई साईकल र १÷१ वटा ह्वील चेयर र बैशाखी प्रदान गरेको हो । गाउँपालिका अध्यक्ष घिमिरे सहित उपाध्यक्ष तारा थारु, प्रमुख प्रशाशकिय अधिकृत ऋिषिराम पन्थीले सहायता सामाग्री वितरण गरेका हुन् । 

पालिकाले गत बर्ष पनि अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री वापत ७ वटा ह्वील चियर र एउटा बैशाखी वितरण गरिएको महिला विकास शाखा ईन्चार्ज लक्ष्मी कार्कीले जानकारी दिईन् । 
 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update