Shittalpati
सहिद सप्ताह सुरू

पाल्पा, सहिद सप्ताह सुरु भएको छ । मुलुकमा विभिन्न राजनीतिक आन्दोलनका क्रममा उत्सर्ग गरेका सहिदको सम्झनामा बुधबारदेखि सहिद सप्ताह सुरु भएको हो ।

पहिलो दिन  टेकुको पचलीमा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गरेका सहिद शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी स्मृति सभा गरिएको छ । शास्त्रीलाई तत्कालीन जहानियाँ राणा शासकले विस १९९७ माघ १० गते पचलीस्थित रूखमा झुन्ड्याएर मृत्युदण्ड दिएको थियो । सोही दिनको स्मरणमा पहिलो दिन उनको सालिकमा पुष्पगुच्छा र माल्यार्पण गरिएको हो ।

यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो । सात दिन सहिद सप्ताह मनाइएपछि माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ । लामो समयदेखि सहिदको योगदानको कदर गर्दै सप्ताह कार्यक्रममा उनीहरूको सम्झना गर्नाका साथै कदरस्वरुप स्मृतिसभा गरिँदै आइएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update