Shittalpati
गुल्मी जेसीजमा नयाँ नेतृत्व, अध्यक्षमा सुवेदी

पाल्पा,  रेसुङा गुल्मी जेसीजमा  नयाँ नेतृत्व आएको छ ।  युवा नेता पूण्यप्रसाद सुवेदीको नेतृत्वमा वर्ष २०२४ का लागि नयाँ समिति चयन भएको हो । 
समिति चयनसँगै जेसीजको दोस्रो पद हस्तान्तरण गरिएको छ । वर्ष २०२३ का अध्यक्ष विजय पन्थीले वर्ष २०२४ का अध्यक्ष सुवेदीलाई पद हस्तान्तरण गरेका हुन् । अध्यक्ष सुवेदी सहित जेसीजका पदाधिकारीहरुले पनि पदभार ग्रहण गरेका छन् ।  तम्घासमा एक औपचारिक कार्यक्रमकाबिच २०२३ को समितिले २०२४ का नयाँ समितिलाई पद हस्तान्तरण गरेका हुन् । 

२०२४ का लागि अध्यक्षमा पूण्य प्रसाद सुवेदी, का.का उपाध्यक्ष सुरज पोखरेल,  का.का उपाध्यक्ष संजय पन्थी, उपाध्यक्षहरुमा फर्सुराम पन्थी, दिपक पाण्डे, राजु कार्की, प्रकाश बूढाथोकी,  जनसम्पर्क अधिकारीमा सागर पाण्डे, सहसचिवमा पुनराम घिमिरे, महासचिवमा शिव भण्डारी, कानूनी सल्लाहकार सरोज अर्याल, कोषाध्यक्षमा यमबहादुर केसी, तालिम आयुक्तमा साधना पौडेल, शाखा सम्पादकमा अर्जुन पोख्ररेल, प्रकरण निर्देशकमा अनिश पन्थी रहेका छन् । पद ग्रहण गरेसँगै नवनियुक्त अध्यक्ष सुवेदीले  जेसीजले वर्ष २०२४ का लागि युवा लक्षित कार्यक्रममा केन्द्रीत  गर्ने बताए । उनले तालिममार्फत आम युवाहरुलाई जेसीजको बारेमा जानकारी गराउने गरी योजना ल्याउने समेत बताए । 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update