Shittalpati
आज अन्तर्राष्ट्रिय भन्सार दिवस

पाल्पा, अन्तर्राष्ट्रिय भन्सार दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । विश्व भन्सार संगठनले हरेक वर्षको जनवरी २६ तारिखमा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने घोषणा गरेसंगै नेपालमा पनि यो दिवस मनाउन थालिएको हो । 

आज अर्थ मन्त्रालय तथा भन्सार विभागले विविध जानकारीमुलक कार्यक्रम गर्दैछन् । अवैध रुपमा सामान आयात गर्दा मुलुकको अर्थतन्त्रमा मात्र नभई सुशासन, विकास तथा मानव सुरक्षामा समेत विश्वव्यापी रुपमा खतरा बढेको भन्दै संगठनले सुरक्षित व्यवसायिक वातावरण निर्माण गर्न आवश्यक ठानेर नै यो दिवस मनाउन थालेको हो । भन्सार प्रशासन कार्यलाई राजस्व संकलनमा मात्र सिमित नराखी मुलुकको समग्र आर्थिक विकासका लागि सहज व्यवसायिक वातावरण निर्माण गर्नमा यो दिवसले महत्वपूर्ण टेवा पु¥याउने गर्दछ । पछिल्लो समय भन्सारमा मौलाउँदै गएको भष्ट्राचार निरुत्साहित गर्न सरकार उदासिन रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update