Shittalpati
आज नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

पाल्पा, आज देशभर नेपाल नर्सिङ दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । नर्सहरुको पेशागत हकहित र सुरक्षाका लागि भन्दै वि.सं २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको थियो । नर्सिङ संघको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ ।

नेपाल नर्सिङ संघले पेशागत हक, अधिकार तथा सुरक्षाको ग्यारेन्टीका लागि विभिन्न कार्यक्रम गर्दैछ । शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मानित पेशाका रुपमा लिने गरिएको छ । तर नेपालमा नर्सि पेशा व्यावसायिक बन्न सकिरहेको छैन ।  साथै नर्सहरु न्युन बेतन तलबमा काम गरिरहेका छन् । नेपालमा वर्षेनी हजारौंको संख्यामा नर्सहरु उत्पादन हुँदा यसको व्यवस्थापन हुन सकेको छैन । उत्पादन भएका नर्सहरुको व्यवस्थापन हुन नसक्दा नर्सहरु भोलेन्टियर (स्वयंसेवी)का रुपमा काम गर्न बाध्य छन् । जसले गर्दा उनीहरुको पेशागत सुरक्षा अझै प्रत्याभूत हुन सकेको छैन । अहिलेको विषम परिस्थितिमा आम नागरिकलाई स्वाथ्य सेवा प्रवाह गर्न अग्रपङ्तिमा खटिने नर्सिङ क्षेत्रको आवश्यकता र महत्व बढेर गएको छ । नेपालमा नर्सिङ क्षेत्रमा श्रम शोषण भएको भन्दै नर्सहरुले गुनासो गर्दै आएका छन् । विषेश गरी निजी अस्पतालले नर्सहरुलाई कम तलबमा काम लगाउने, समयमा पारिश्रमिक नदिने लगायत आरोप लाग्ने गरेको छ ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update