Shittalpati
रेसुङ्गामा राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र माविलाई

गुल्मी, जिल्लाको रेसुङ्गा नगरपालिकामा सञ्चालित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तम्घासस्थित महेन्द्र नमुना माविले हात पारेको छ । चिदिचौर खेलमैदानमा तीन दिनसम्म चलेको प्रतियोगितामा  नौ स्वर्ण, तीन रजत र आठ कांस्यसहित २० पदक प्राप्त गरी महेन्द्रले उपाधि हात पारेको हो ।

प्रतियोगितामा सिद्धबाबा माध्यमिक विद्यालयले आठ स्वर्ण, दश रजत र दश कांस्यसहित २८ पदक प्राप्त गर्दै दोस्रो भएको छ । तृतीय भएको रेसुङ्गा माध्यमिक विद्यालयले आठ स्वर्ण, चार रजत र पाँच कांस्यसहित १७ पदक प्राप्त गरेको छ ।

विभिन्न २४ विधाका प्रतियोगितात्मक खेलका लागि नगरपालिकाभित्रका १४ विद्यालयका खेलाडीहरुको सहभागीता रहेको खेल संयोजक गणेश अधिकारीले जानकारी दिए । प्रथम भएको महेन्द्र माविले २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र, द्वितीय भएको सिद्धबाबालाई १५ हजार नगद र तृतीय भएको रेसुङ्गालाई १२ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको उनले बताए ।

 प्रतियोगीहरुलाई रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले  पुुरस्कार हस्तान्तरण गरेका हुन् । पुुरस्कार हस्तान्तरण गर्दै उनले खेलकुदले अनुशासनमा बस्न सिकाउने र स्वस्थ राख्ने भएकाले मानव जीवनका लागि खेलको महत्वपूर्ण भूमिका रहेको बताए । प्रतियोगिताको माध्यमबाट भोलिको दिनमा गौरव गर्न सक्ने खेलाडी उत्पादन हुने नगरप्रमुख पन्थीले बताए । 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update