Shittalpati
उपेक्षामा सच्चा सहिद

पाल्पा, हरेक वर्षजस्तै यसपटक पनि ‘सहिद दिवस’ आएको छ । माघ १० देखि १६ गतेसम्म सहीदलाई सम्झने चलनलाई यसपटक पनि निरन्तरता दिँदै आज देशभर ‘सहिद दिवस’ मनाइँदै छ । हरेक वर्ष दिवस मनाउने गरिए पनि त्यो औपचारिकतामै सिमित बन्ने गरेको छ । विगतमा सरकारी तवरबाट विविध कार्यक्रमहरु आयोजना गरी दिवसलाई औपचारिकता दिने गरिएता हिजोआज भने ति औपचारिक कार्यक्रमहरु समेत हुन छोडेका छन् ।  

विगतमा जस्तो भव्य रुपमा औपचारिकताका कार्यक्रमहरु नहुँदा दिवसकै उपहास भएको प्रति जिल्लाका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । अघिल्ला वर्षहरुमा माघ १६ गतेका दिन मुलुकभर नै विभिन्न संघ संस्थाहरुले सहिद प्रति दिप प्रज्वलन गरी दिवस मनाउने गरे पनि पछिल्ला केही वर्ष यता सामाजिक सञ्चालमा सहिदहरुको योगदानको चर्चा बाहेक सार्वजनिक रुपमा खासै औपचारिक कार्यक्रम हुन छोडेका छन् । सरकारले मनपरी सहिद घोषणा गर्नुले पनि विगतमा जस्तो दिवसले औपचारिकता पाउन नसकेको हो । देशमा प्रजातन्त्र ल्याउन जीवन उत्सर्ग गरेका सहिदलाई हरेक सरकारले गलत व्याख्या गरेर सहिद घोषणा गर्नुले उनीहरुको अपमान भएको छ । कवि भूपी शेरचन भन्छन्, ‘हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए ¤’ तर, आजको अवस्था उनले भनेजस्तो छैन । न देशका लागि मर्नेहरू नै छन््, न सहीद भएकाहरूप्रति नै श्रद्धाभाव व्यक्त गर्ने अरु कोही छन् । आज सच्चा सहिदलाई नक्कली सहिदले विस्थापित मात्र होइन गिज्याइरहेको अवस्था छ । देशका लागि हाकाहाकी ज्यान दिने गंगालाल, शुक्रराज, दशरथ र धर्मभक्तजस्ता त आज खोजेर कहाँ पाउनु ? विगतमा गणतान्त्रिक आन्दोलनमा सहिद भएका, अंगभंग भएका र घाइतेलाई समेत आज तिरष्कार गरिएको छ ।

२०६२÷०६३ को राजनीतिक परिवर्तनपछि बनेका हरेक सरकारले विभिन्न आन्दोलनका नाममा ज्यान गुमाएकालाई आफू अनुकूल सहिद घोषणा गर्दा सच्चा सहिद ओझेलमा परेका हुुन् । सहिदहरुले जुन कारणले आफ्नो जीवन उत्सर्ग गरे त्यो अहिलेसम्म पूरा भएको छैन । देशमा प्रजातन्त्र ल्याउन सहिदले जीवन उत्सर्ग गरे, तर अहिले लोकतन्त्र हुँदै गण्तन्त्र आइसक्यो, जनतामा निराशा बढ्दो छ, राजनीतिक दलले सहिद उपमालाई गलत व्याख्या गरेर पार्टी पिच्छे सहिद घोषणा गर्नुले उनीहरुको अपमान भएको राप्रपा पाल्पाका नेता देवेन्द्र बहादुुर रायमाझी बताउँछन् । उनी भन्छन्, ‘राणाशासन विरुद्ध बलिदान दिने सहिदको भावनालाई सरकारले कदर गर्नुपर्ने र अरुले पनि उनीहरुलाई बिर्सन हुँदैन । योगदानको कदर हुन नसक्दा सहिदको उपेक्षा भएकोप्रति रायमाझीले चिन्त व्यक्त गरे । वि सं १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो । यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । देशका विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका सहिदको साहस र त्यागको  लेखाजोखा र उच्च मूल्याड्ढन गर्दै  हरेक वर्ष माघ १६ लाई सहिद दिवसको रुपमा मनाउने गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update