Shittalpati
रैनादेवी छहरामा पुरुष मृत फेला

पाल्पा, जिल्लाको रैनादेवी छहरामा एक पुरुष मृत फेला परेका छन् । मंगलबार बिहान पाल्पा रैनादेवी छहरा गाउँपालिका १ सिद्धेश्वर अर्चलेका ६३ वर्षीय रेवतीराम अर्याल मृत फेला परेका हुन् ।

आफ्नै घरको दलान (बरण्डा) मा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृत फेला परेको सूचना पाउनासाथ प्रहरी चौकी सर्देवाबाट प्रहरी नायव निरीक्षक र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा प्रहरी टोली खटिई प्रारम्भिक अनुसन्धान कार्य पश्चात शव पोष्टमार्टमको लागि रिडी प्राथमिक स्वास्थ्य चौकी, गुल्मीमा पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update