Shittalpati
एनसेल घोटलाका विरुद्ध  पाल्पा शान्ति समाज, गर्‍यो  साताव्यापी विरोध प्रदर्शन

पाल्पा, मानव अधिकार तथा शान्ति समाज पाल्पाले साताव्यापी कार्यक्रमको आयोजना गरी एनसेल घोटला प्रकरणको विरोध गरेको छ । समाजले तानसेनमा माघ १२ गतेदेखि जिल्ला प्रशान कार्यालय अगाडिबाट सुरु गरेको विरोध प्रर्दशन तानसेनका विभिन्न चोक चोकमा गरेको थियो ।   

राष्ट्रलाई हानी पुर्‍याउने एनसेल महाघोटाला प्रकरण राज्य विरुद्धको अपराध भएको भन्दै समाजले विरोध पदर्शन गर्दैै आएको हो । विरोधको साताव्यापी कार्यक्रम विहीबार सकिएको छ । समाजले शितलपाटीमा एक औपचारिक कार्यक्रम गरी विरोधको साताव्यापी कार्यक्रम समापन गरेको हो ।

 कार्यक्रमलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै समाजका केन्द्रीय वरिष्ठ उपसभापति कृष्णबहादुर रावललले राष्ट्रलाई हानी पुर्‍याउने एनसेल महाघोटाला प्रकरण राज्य विरुद्धको अपराध भएको बताएका छन् । उनले एनसेल घोटाला प्रकरणलाई शान्ति समाजले घोटालामा पनि महाघोटालाको संज्ञा दिएको भन्दै त्यसको विरुद्ध जिल्ला जिल्लाबाट दवाब स्वरुप विरोध प्रर्दनका कार्यक्रम गरिएको बताए । उपसभापति रावलले भने ‘ सो प्रकरणमा राज्यलाई झण्डै तीन खरब हानी/नोक्सानी पुर्‍याउने बदनियत देखिन्छ, जसमा वर्तमान प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुसहित राजनीतिज्ञहरुको संलग्नता रहेको र राज्यका विभिन्न निकायमा रहेका पदाधिकारीहरु समेत सन्देहको घेरामा रहेको तथ्य प्रकाशमा आएको छ ।’ तीन खरबको सम्पत्ति राज्यलाई हस्तान्तरण नगरी सत्ता, शक्ति र धनको आडमा व्यक्ति गिरोहको नाममा सार्ने र निश्चित प्रतिशत सेयर विभिन्न शिर्ष नेताहरुले इच्छाएको व्यक्तिको नाममा सार्ने प्रपञ्च भइरहेकाले त्यसका विरुद्ध उत्रिनुपर्ने बेला आएको उनले बताए । उपसभापति रावलले न्यायका खातिर नागरिक समाज अझ सक्रिय हुन आवश्यक  रहेको उल्लेख गरे ।

 विभिन्न चरणमा भएका विरोध प्रर्दशन कार्यक्रममा केन्द्रीय सदस्य अरुण ज्ञवाली, जेष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष देवराज  ढकाल, समाजका सदस्य चिरञ्जीवी खनाल लगायतले एनसेल घोटलाका लागि विरुद्ध सबै नागरिक जाग्नु  पर्नेमा जोड  दिएका थिए । समापन कार्यक्रम समाजका जिल्ला सभापति रेनुका देवकोटाको अध्यक्षता, उपसभापति शन्तविर बरालको स्वागत, सचिव शुसिला रेग्मीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update