Shittalpati
पाल्पामा जेसिजको संसदीय प्रणाली सम्बन्धी तालिम

पाल्पा, पाल्पा जेसिज वर्ष २०२४ ले संसदीय सभा प्रणाली सम्बन्धी दुुई दिने राष्ट्रियस्तरको तालिम तानसेनमा सञ्चालन गरेको छ । जेसिजमा आवद्ध जेसी सदस्यहरुलाई बैठक सञ्चालन, मर्यादा, आफ्ना भनाइ राख्ने शैली लगायतका बारेमा जानकारी दिने उद्देश्यले शुक्रबारदेखि तालिम सञ्चालन गरिएको हो ।

तानसेनको धुर्वघाटस्थित सित्तल फार्ममा सञ्चालन भएको तालिमको तानसेन नगरपालिकाका नगर प्रमुुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका नगर प्रमुख श्रेष्ठले युवाहरुको नेतृत्व, व्यक्तित्व विकास र अनुुशासित बनाउन तालिमले महत्वपूूर्ण भूमिका खेल्ने बताए । उनले आफुु पनि वर्ष १९९० को मा जेसिज पाल्पाको अध्यक्ष भएको र त्यहाँबाट व्यक्तित्व विकाससँगै जीवन जिउने कला राम्रोसँग सिक्ने अवसर प्राप्त गरेको भन्दै युवाहरुलाई धैर्य र एकाग्रह भएर तालिममा सहभागी हुन आग्रह गरे । नगर प्रमुख श्रेष्ठले पाल्पा जेसिजले सकरात्मक सोंचको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले सकरात्मक सोंचले मात्र लक्ष्य पुरा हुने भन्दै धैर्य र एकाग्रह भएर सकरात्मक सोंचका साथ काम गर्न युवाहरुलाई आग्रह गरे ।  कार्यक्रममा मुख्य प्रशिक्षक जेसी कैलाश खाकी  श्रेष्ठले  पाल्पा शाखाले मिसन र भिजनलाई आत्मसाथ गर्दै आएकोमा खुसी व्यक्त गरे । उनले सिक्दै रमाइलो गर्दै दुई दिने तालिम हुने बताए । जेसिजका राष्ट्रिय कार्यकारी उपाध्यक्ष जेसी सन्दीप अग्रहरीले  जेसिज वर्ष २०२४ लाई ऐतिहासिक र सफल वर्षको रुपमा चिनाउन वर्ष भरी प्रशिक्षणका कार्यक्रमहरु गर्ने जानकारी गराए । जेसिजका राष्ट्रिय उपाध्यक्ष  जेसी गणेश सापकोटाले राष्ट्रियस्तरको तालिम पाल्पामा सञ्चालन हुनु गौरवको कुरा रहेको बताए ।  कार्यक्रममा जेसिज पाल्पाका संस्थापक अध्यक्ष छत्रराज शाक्य, जेसिजका पूर्व अध्यक्ष/पूर्व राष्ट्रिय उपाध्यक्ष तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले युवाहरुको व्यक्तित्व, नेतृत्व विकाससँगसँगै सामाजिक कार्यमा समेत सक्रिय बन्न जेसिजलाई आग्रह गरे । उनीहरुले युवाहरुलाई स्वदेशमै स्वरोजगार सिर्जनना गरी आर्थिक रुपमा बलियो बनाउने दिशामा समेत जेसिजले सोच्नुपर्ने बताए ।

जेसिज पाल्पाका अध्यक्ष जेसी अर्जुन कार्कीले जेसिज वर्ष २०२४ को जेसिज अभियानलाई सफल बनाउन समय सापेक्षा उत्कृष्ट एवं उपलब्धी मूलक कार्यक्रमहरु सञ्चालन गरी युवाहरुको अन्तरनिहित प्रतिभालाई प्रशिक्षणको माध्यद्वारा प्रस्फुटन गराई कुुसल नेतृत्व तथा सबल व्यक्तित्व विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ  पाल्पामा तालिम सञ्चालन गरिएको बताए । कार्यक्रम संयोजक  जेसी कला दाहालले तालिमसँगै पाल्पाको कला संस्कृतिको पहिचान दिलाउन जेसिज साँझ समेत राखिएको बताईन् ।  तालिम उद्घाटन सत्र कार्यक्रम जेसिजका जिल्ला अध्यक्ष जेसी अर्जुन कार्कीको अध्यक्षता, महासचिव जेसी विजय कार्कीको सञ्चालमा कार्यक्रम भएको थियो । तालिममा  प्रशिक्षक  जेसी कैलाश खाकी  श्रेष्ठ र  जेसी शिव भूषालले बैठक के हो, बैठक कसरी सञ्चालन गर्ने, सफल बैठक कसरी आयोजना गर्न सकिन्छ,जेसिजमा अध्यक्ष र अन्य पदाधिकारीहरुको भूमिका विषयमा प्रशिक्षण दिने छन् । प्रशिक्षण शनिबार सकिने छ । प्रशिक्षणका लागि देशभर रहेका जेसिजका २६ शाखाका अध्यक्ष तथा पदाधिकारीहरुको उल्लेखीय सहभागीता रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update