पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । नगर सरकारले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो । उसले कार्यालयको कामकाजलाई व्यवस्थित गर्दै वडा–वडामा पुगेर घुम्ती सेवामार्फत नागरिकलाई सेवा प्रवाहसँगै उनीहरुका जनगुनासाहरुलाई समेत सोही ठाउँबाट समाधान गर्ने प्रयास गरेको छ । पालिकाबाट हुने सेवाहरु लिन केन्द्रमा पुग्न नागरिकलाई झन्झटिलो हुनुको साथै समय र खर्चिलो हुने हुँदा वडामै पुगेर सबै सेवाहरु एकै ठाउँबाट प्रवाह गर्न थालिएको पालिएकाले जनाएको छ ।
नगरपालिकाले बिहीबार वडा १ को वडा कार्यालय भवनमा विभिन्न सेवा सहित घुम्ति शिविर सञ्चालन गरेको छ । शिविरमा आँखा, कान, दाँत लगायत सम्पूर्ण स्वास्थ्य जाँच, कृषि तथा पशु सेवा, अपा·ता परिचय पत्र, पञ्जीकरण, व्यवसाय दर्ता तथा नविकरण लगायत नगरपालिकाबाट प्रवाह हुने सेवा दिइएको थियो । देशमा संघीयता कार्यान्वयनमा आएसँगै सिंहदरबारको अधिकार गाउँ–गाउँमा भन्ने मूल नारालाई सार्थकता दिनका लागि नगरवासीको आवश्यकता र सेवा सहजताका लागि शिविर सञ्चालन गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । उनले भने– ‘सामान्य स्वस्थ्य जाँचका लागि पनि धेरै टाढा जानु पर्ने र अन्य सेवाका लागि नगरपालिकाको कार्यालय नै जानु पर्छ, त्यही बाध्यतालाई बुझेर जनताको स्वस्थ्य र सेवा सहजताका लागि शिविर सञ्चालन गरेका हौं ।’ उनले भूगोलका हिसाबले टाढा रहेको वडा १ र २ लाई मध्यनजर गर्दै पहिलो चरण्मा एकिकृत घुम्ति शिविर सञ्चालन गरिएको र यस पश्चात वडा ९ र १० मा पनि क्रमशः शिविर सञ्चालन गर्ने बताए ।
शिविरबाट आँखा जाँच, दन्त परिक्षण, अन्य स्वस्थ्य परिक्षण, ज्येष्ठ नागरिक परिचयपत्र, अपा· परिचयपत्र लगायतका सेवा दिईएको प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले जानकारी दिए । उनले सिमित स्रोत र साधनकाबिच सेवाग्राही नागरिकको सहज पहुँचका लागि शिविर सञ्चालन गरिएको उल्लेख गरे । सामान्य सेवाका लागि धेरै समय खर्चेर पालिकासम्म पुग्नु पर्ने भएकाले थोरै भएपनि सुविधा होस् भन्ने हेतुले वडा कार्यालयमा पालिकाको सबै सेवा दिन शिविर सञ्चालन गरिएको नगर प्रवक्ता कपिलबहादुर खाँणले बताए । कृषि, पशु र अन्य स्वास्थ्य जाँच सेवा वडा कार्यालयमै पाएपछि आफुलाई खुसी लागेको स्थानीय कर्णसिं ठकुरीले बताए ।
शिविर मार्फत १ सय ५३ जनालो पशु सेवा, १ सय २९ जनाले कृषि सेवा, १ सय ६२ जनाले आँखा परीक्षण, ६३ जनाले दन्त परिक्षण, १ सय ३९ जनाले स्वास्थ्य परिक्षण, १ जनाले अपा·ता परिचयपत्र र ११ जनाले ज्येष्ठ नागरिक परिचय पत्र सेवा लिएको नगरपालिकाका योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिए । शिविरमार्फत २ सय १९ जना सेवाग्राहीले सेवा लिएका छन् । रामपुर नगरपालिकाले दुरी र पहँुचका हिसाबले टाढा रहेका नगरका विभिन्न स्थानमा एकिकृत घुम्ति शिविर सञ्चालन गर्ने योजना रहेको नगरपालिकाका सुचना अधिकारी युवराज पन्थीले जानकारी दिए ।