Shittalpati
लुम्बिनीमा आज सार्वजनिक बिदा

पाल्पा, लुम्बिनी प्रदेशमा आज आइतबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो । विगतमा जस्तै प्रदेश स्थापना दिवसको अवसरमा यसवर्ष पनि सार्वजनिक बिदा दिइएको लुम्बिनी प्रदेश गृह मन्त्रालयले जनाएको छ ।

प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस मनाउने प्रदेश सरकारको तयारी छ ।  दिवसको अवसरमा प्रदेश सरकारले यस वर्ष अग्रज पत्रकारिता र सिर्जनशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत  हुने १३ जना पत्रकारहरुलाई सम्मान समेत गर्न लागेको छ । प्रदेश सरकार गठन भएसँगै २१ माघ २०७४ मा पहिलो पटक प्रदेश सभाको बैठक बसेको थियो । सोही दिनलाई प्रदेश सरकारले प्रदेशमा स्थापना दिवस मनाउने गरेको हो । 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update