Shittalpati
पत्रकार अर्याल सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत

पाल्पा, पाल्पाली पत्रकार माधव अर्याल सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । प्रदेशको सातौँ स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार राप्ती उपत्यका दाङको देउखुरीमा एक कार्यक्रमका बीच अर्याललाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो । 

नेपाल प्रेस  युनियनका केन्द्रीय उपाध्यक्ष, कान्तिपुर दैनिकका उपसम्पादक समेत रहेका अर्यालले लुम्बिनी प्रदेशको विकासमा पत्रकारिताको माध्यमबाट पुर्‍याएको योगदानको कदर स्वरुप प्रदेश सरकारले प्रदान गर्ने सिर्जनशील पत्रकारिता पुरस्कारबाट  पुरस्कृत गरिएको प्रदेश सरकार गृहमन्त्रालयको सञ्चार शाखाका अधिकृत कालीदास बस्यालले बताए ।  उनलाई प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पुरस्कार प्रदान गरेका थिए ।

दुई दशक भन्दा बढी समयदेखि व्यवसायिक पत्रकारिता गर्दै आएका अर्यालले आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । राष्ट्रिय, क्षेत्रीय, जिल्ला र विभिन्न क्षेत्रबाट समेत उनी पुरस्कृत तथा सम्मानित हुँदै आएका छन् । 

 प्रदेश सरकारले अर्यालसहित १३ जना पत्रकारलाई समेत पुरस्कृत  गरेको छ । पुरस्कृत हुनेहरुमा अर्घाखाँचीका वीरेन्द्र केसी, रुपन्देहीका तेजेन्द्र केसी, बाँकेका अर्जुन ओली, लमहीका चुमा आचार्य, दाङका दशरथ घिमिरे, भैरहवाका रविन्द्रप्रसाद गुप्ता, रुकुमपूर्वका जयमान बुढा मगर, नेपालगञ्जका सिराजुद्दिन खान, प्युठानका मधुसुदन भण्डारी, बर्दियाका रामप्रसाद चौहान र कपिलवस्तुका भुसाल थापा रहेका छन् । अर्यालसहित उनीहरुलाई ५० हजार नगदसहित पुरस्कृत गरिएको हो । अग्रज पत्रकार पुरस्कार भने दाङ लमहीका कृष्णप्रसाद घिमिरेलाई प्रदान गरिएको छ । घिमिरेलाई १ लाख नगदसहित पुरस्कृत गरिएको हो । 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update