Shittalpati
लिम्बू भाषाको वंशावली सार्वजनिक

सुन्दरहरैँचा, लामो समयको खोज अनुसन्धानपछि फेम्सोहाङ लिबाङ (लिम्बू) समुदायको वंशावली सार्वजनिक भएको छ । दश वर्षको अनुसन्धानपछि शुक्रबार मोरङको पथरीशनिश्चरेमा उक्त वंशावली सार्वजनिक गरिएको हो । साँवा वंशावलीका अध्यक्ष धनप्रसाद साँवाको प्रमुख आतिथ्यमा  वंशावली सार्वजनिक भएको थियो ।

पुस्तक सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि साँवाले वंशावली पुस्तक प्रकाशन गर्नु चुनौतीपूर्ण कार्य रहेको भन्दै अनुसन्धानकर्तालाई धन्यवाद ज्ञापन गरेका थिए ।  उनले चुनौतीपूर्ण कार्यमा केही समस्या हुनसक्ने भएकाले कमीकमजोरी रहे अनुसन्धानकर्तालाई सुझाव दिएर सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा लेखन तथा सङ्कलन टोलीका संयोजक ताराहाङ लिम्बूले पुस्तकमा भएका कमीकमजोरीलाई सुझावका रूपमा ग्रहण गर्दै दोस्रो संंकरणमा थप सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा झापा, मोरङ, सुनसरीलगायत जिल्लाका फेम्सोहाङ लिबाङ लिम्बूहरूको उपस्थिति थियो । 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update