Shittalpati
नेपाल शिक्षक संघ पाल्पाको जिल्ला प्रतिनिधि सभा , उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै रैनादेवी छहरा शिक्षक संघ सम्मानित  

पाल्पा,  नेपाल शिक्षक संघ पाल्पाको २३ औँ जिल्ला प्रतिनिधि सभा भएको छ । तानसेनमा एक  औपचारिक कार्यक्रम गरी संघले सभा गरेको हो । 
सभाको नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले  शिक्षकहरुको हक अधिकारका विषयमा सशक्त भएर लाग्न संघलाई आग्रह  गरे । उनले विधि र पद्धतीमा  रहेर संगठनलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । नेपाल शिक्षक संघ संघीय उपाध्यक्ष धनकला भण्डारीले बाल विकास शिक्षकहरूको तलब प्राप्त नभएको  अवस्था रहेकाले त्यसका लागि संघले आवश्यक पहल गर्ने बताईन । नेपाल शिक्षक संघ संघीय महासचिव ज्ञानेन्द्र बहादुर रावलले  संगठनबाटै नै नेपाल शिक्षकहरूले उपलब्धी  प्राप्त गरेको  बताए । 

नेपाल शिक्षक संघ सघीय सदस्य दिपक ज्ञवालीले स्थापना कालदेखि शिक्षकहरूको हकहित र अधिकारका लागि काम गर्दै आएको बताए । नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष तथा पाल्पा सम्पर्क व्यक्ति नारायण प्रसाद शर्माले नेपाल शिक्षक संघमा आवद्व हुने शिक्षकहरूको सख्या वृद्धि भएको बताए । लुम्बिनी प्रदेश सदस्य टुन वीर रेश्मीले शिक्षकहरूका माग पुरा गर्नुपर्ने बताए । नेपाल शिक्षक संघ पाल्पाका सल्लाहकार देबी भट्टराईले नेपाल शिक्षक संघ पाल्पाको एक सशक्त संगठन बन्न सफल भएको बताए ।

संघ संघीय प्रतिनिधि सुन्दर प्रसाद देवकोटाले शिक्षकहरूको आन्दोलनले मागहरू पूरा भएको बताए ।  कार्यक्रममा शिक्षक नारायण न्यौपाने, रैनादेवी छहरा शिक्षक संघका अध्यक्ष मेघराज भण्डारी, नेपाल शिक्षक संघ प्रदेश प्रतिनिधि शंकर प्रसाद पौडेल लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

 संघले सोही अवसरमा रैनादेवी छहरा गाउँपालिकाको शिक्षक संघलाई उत्कृष्ट पालिकाको रुपमा सम्मान समेत गरेको छ । जिल्लाका १० वटै स्थानीय मध्ये उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै संघले पालिका शिक्षक संघलाई सम्मान गरेको हो ।  पालिकाका शिक्षक संघ अध्यक्ष मेघराज भण्डारीलाई खादा, माला र सम्मान पत्रले सम्मान गरिएको हो । सम्मानित भण्डारीले आगामी दिनमा संघलाई थप सशक्त र चलायमान बनाएर लैजान सम्मानले थप उत्प्रेरणा मिलेको बताए । कार्यक्रममा  प्रशिक्षक नारायण  न्यौपानेलाई  पनि संघले सम्मान गरेको थियो । संघका अध्यक्ष लक्ष्मण बस्यालको अध्यक्षता, सचिव  सुन्दर गाहाको सञ्चालनमा कार्यक्रम भएको थियो । 
 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update