Shittalpati
आर्थिक विकासको आधार : ग्रामीण क्षेत्रको विकास

कुनै पनि क्षेत्रमा हुने सकरात्मक र दिर्घकालिन सुधार वा परिवर्तनलाई विकास भनिन्छ । विकासलाई निरन्तर चलिरहने प्रक्रियाको रुपमा पनि लिन सकिन्छ । हिजो विकास अन्र्तगत आर्थिक पक्ष मात्रै आउने गर्दथ्यो भने आजभोली यस अन्र्तगत सामाजिक, राजनीतिक, सांस्कृतिक तथा परम्परामा आउने सुधारलाई लिने गरेको पाईन्छ । नेपालको कुल क्षेत्रफलको ७० प्रतिशत भू–भाग समेटेको नेपालको ग्रामीण क्षेत्रको विकास र सकरात्मक परिवर्तन विना आर्थिक विकास, वृद्धि र समृद्धिका कुरा गर्नु अपुरो र अधुरो हुने भएकाले यस क्षेत्रको विकासमा प्राथमिकता दिनु जरुरी देखिन्छ । यहि कारण राज्यको नयाँ संरचनाको अभ्याससँगै समानुपातिक विकासलाई महत्व दिदै ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राख्न थालेको पाईन्छ । आर्थिक विकासको उद्देश्य परिपूर्तिका लागि ग्रामीण क्षेत्रको विकास, त्यस क्षेत्रका जनताको दैनिकी र  जीवनस्तरमा सुधार गर्नु आजको प्रमुख आवश्यकता र प्राथमिकता रहेको देखिन्छ । यहाँ यसैसँग सम्बन्धित विविध पक्षलाई लिएर चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

ग्रामीण क्षेत्रको वर्तमान परिवेश :
पछिल्लो समय नेपालको ग्रामीण क्षेत्रको परिवेशलाई नियाल्दा विकासका पूर्वाधारहरु बन्दै गइरहेको देखिन्छ तर यसको विपरीत तिव्र बसाई सराई भएको देखिन्छ भने क्रमशः आत्मनिर्भताबाट परनिर्भता उन्मूख देखिन्छ । दैनिक शहरबाट गाडी भरी उपभोग्य वस्तुहरु  ग्रामीण क्षेत्रतर्फ गएको देखिन्छ भने फर्कदा  रित्तै फर्किएको देखिन्छ । करीब ५६ प्रतिशत घर परिवारको आम्दानीको स्रोतको रुपमा रहेको रेमिटान्सले ग्रामीण परनिर्भरतालाई बढाउदै लगेको देखिन्छ । यहि कारण ग्रामीण बस्तीहरु रित्तीदै छन्, मलिला र उब्जाउ जग्गाहरु प्रयोगविहिन अवस्थामा पुगेको देखिन्छ । परिणाम रुवरुप परनिर्भरता बढ्दै गएको छ । हिजो दुध, दहि, घ्यू तथा हरियो तरकारी बेच्ने ग्रामीण क्षेत्र आज ती सबै किनेर दैनिकी गुजारेको देखिन्छ । आज भोली ग्रामीण क्षेत्रका थोरै घरले इन्धनको रुपमा दाउराको प्रयोग गर्ने गरेका छन् । अधिकाशले इन्धनको रुपमा सिलिण्डर ग्याँस प्रयोग गर्छन् । यहि कारण पनि इन्धन आयातको अंशमा वृद्धि हँुदै गएको देखिन्छ । कृषिमा आधुनिक बीउँ, खेती गर्ने तरीका भित्री रहेको छ । स्थानीय तहले अनुदान लगायतका कार्यक्रमहरु घोषणा गरिरहेका देखिन्छ तर त्यो सुविधा केहि सिमित वर्गले लिईरहेको देखिन्छ भने अधिकाश जग्गा भने बाझिएका छन् तर यस पक्षमा सुधार गर्ने तथा प्रयोग गर्ने कुरामा उल्लेख्य कार्यक्रम भएको देखिदैन् । विकासका नाममा हरियाँ डाडाँकाडाँहरु नाग्गै र राताम्मे भै रहेको देखिन्छ तर यसलाई योजना बद्ध, भूगोल अनुकुल र इन्जीनियरिङ युक्त बनाउन सकेको देखिदैन् । विज्ञ र योजना विद्धको प्रयोग विनाका स्थानीय तहले बनाएका विकास योजना बालुवामा पानी हाले सरी भइरहेको छ । न विकास योजनाले मुर्तरुप लिन सकेका छन्, न त जनताले सन्तुष्टि लिन नै । देखासिकी र नक्कल गर्ने प्रवृत्ति बढिरहेको छ । हिजो किनेर खान अप्ठ्यारो मान्ने गाउँघर आज किनेर खानमा गर्व गर्ने अवस्थामा पुगेका छन् । स्थानीय तहहरुले शिक्षा, स्वास्थ्य तथा खानेपानी लगायतका विकासका पूर्वाधारहरुमा लगानी गरिरहेका छन् । ग्रामीण क्षेत्रहरु बस्न लायक बन्दैछन् तर यसको विपरीत बसाँई सराईको कारण गाउँ घर रित्तिदै गइरहेका छन् । रोजगारीका अभावमा विदेशीने स्थितीले युवा पुस्ता हैन बुढा–बुढी मात्रै देखिन् थालेका छन् गाउँ घरमा । जीउँदाको जन्ती मर्दाको मलामी भन्ने छिमेकी भेट्न ग्राह्रो भइसकेको छ ग्रामीण क्षेत्रमा । यस्तो अवस्था किन उत्पन्न भै रहेको छ यसको अनुसन्धान र बिश्लेषण गर्नु पर्ने जरुरी देखिन्छ ।

आर्थिक विकासको आधार ग्रामीण क्षेत्र :
नेपालको कुल क्षेत्रफलको ७० प्रतिशत भू–भाग ओगटेको ग्रामीण क्षेत्र नेपालको आर्थिक विकासको आधार र सम्भावना बोकेको क्षेत्र पनि हो । तराई क्षेत्रका ग्रामीण क्षेत्रको विकासको रुपरेखा तय गर्न जति सहज र सरल देखिन्छ, हिमाल र पहाडका ग्रामीण क्षेत्रको विकासको रुपरेखा तय गर्न अलि असहज, अप्ठयारो र खर्चिलो देखिन्छ । यसका लागि ग्रामीण क्षेत्रमा तत्काल देखिएको समस्या समाधान गरी अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन योजनाको निर्माण गर्नु जरुरी देखिन्छ । 

प्राकृतिक स्रोत साधनको प्रयोग गरी गाउँ घरमै रोजगारी सिर्जना गरी आर्थिक आधार तय गर्नु आवश्यक देखिन्छ । कृषिमा व्यवसायिकरण गरी स्वरोजगार र आत्मनिर्भरतामा केन्द्रीत गर्नु पर्ने देखिन्छ । किसानको उत्पादनको उच्चित मूल्य र बजारीकरणको ग्यारेन्टी राज्यले गर्नु जरुरी देखिन्छ । स्थानीय सम्भाव्यता, औचित्य र आवश्यकताका आधारमा योजना तय गर्नु जरुरी देखिन्छ । गाउँको उत्पादनको प्रयोगको पहिलो अधिकार गाउँलाई नै भन्ने मान्यतालाई प्राथमिकतामा राख्नु पर्दछ । घरेलु र परम्परागत उद्योगको स्थापना र भएकालाई आधुनिक तरीकाले सञ्चालन गर्ने वातावरण तय गर्नु जरुरी देखिन्छ । ग्रामीण क्षेत्रका पर्यटकका आर्कषणका क्षेत्रहरुलाई प्रचार प्रसारका माध्यमले आन्तरिक तथा बाÞय पर्यटकको केन्द्रमा रुपान्तरण गर्नु पर्ने देखिन्छ ।

ग्रामीण क्षेत्रको विकासका लागि के गर्ने त ?
गाउँ नै गाउँले भरिएको नेपालको विकासका लागि ग्रामीण विकास र्निविकल्प उपाय हो । यसका लागि निम्न उपाय अबलम्बन गर्नु जरुरी देखिन्छ ।
– तिव्र बसाईसराई रोक्नका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने ।
– अत्यावश्यक विकास पूर्वाधारको निर्माण गर्ने ।
– शिक्षा, स्वास्थ्यका पूर्वाधार निर्माण गर्ने ।
– जनताको दैनिकी र जीवनस्तर सुधार गर्ने कार्यक्रम सञ्चालन गर्ने ।
– स्वरोजगारका अवसरहरु सिर्जना गर्ने ।
– स्थानीय स्रोत, स्थानीय उपयोगलाई प्राथमिकता दिने ।
– ग्रामीण क्षेत्रलाई सदरमुकाम र शहरसँग नजिक बनाउनका लागि सडक मार्गको निर्माण गर्ने ।
– स्थानीय उत्पादनको बिक्री र मूल्यको ग्यारेन्टी गर्ने ।
– एक गाउँ एक उत्पादनको नारालाई मूर्तरुप दिने ।
– स्थानीय सहभागितामा योजना तय गर्ने ।
– परम्परागत र घरेलु उद्योगलाई सञ्चालन र विस्तार गर्ने ।
– एकिकृत योजना तय गर्ने ।
– एकिकृत र सुविधा सम्पन्न आवास योजना कार्यान्वयन गर्ने ।
– मानव स्रोत व्यवस्थापनको योजना तय गर्ने ।
– निर्वाहमूखी दैनिकीलाई सुधार गर्ने ।
– होमस्टे, रिसोर्टका माद्यमद्वारा ग्रामीण क्षेत्रलाई आर्कषणको केन्द्रको रुपमा विकास गर्ने ।
– प्याकेजको घोषणा गरी गाउँ फर्क अभियान सञ्चालन गर्ने ।

निष्कर्ष :
ग्रामीण क्षेत्रको दिगो विकास समृद्ध अर्थतन्त्रको आधार हो । प्राकृतिक स्रोत र साधनले भरिपूर्ण क्षेत्र हो ग्रामीण क्षेत्र । ग्रामीण क्षेत्रको विकास र त्यहाँका नागरिकको जीवनस्तर र दैनीकीमा सुधार बिना समृद्ध नेपालको परिकल्पनालाई साकार रुप दिन सकिदैन् । अनि यसका लागि शक्ति र पहँुचका आधारमा हैन समानुपातिक र आवश्यकताका आधारमा विकास कार्यक्रम तय गर्नुपर्ने देखिन्छ । ग्रामीण क्षेत्रका समस्या समाधानका लागि सरोकारवालालाई अगाडि सार्नु पर्ने देखिन्छ । आफ्नो वास्तविकताको विश्लेषण गरेर मात्रै देखासिकी र बसाँई सराई निर्णय गर्नु पर्दछ । राजनीतिकर्मी वा नेतृत्वले चुनावका बेलामा भोटका लागि गाउँ सम्झने प्रवृतिको अन्त्य गर्नु पर्दछ । गाउँको विकास विना सिंगो नेपालको विकास र आर्थिक विकास र समृद्धि सम्भव नहुने भएकाले तीनै तहका सरकार, विज्ञ तथा योजनाविद्ले सोही अनुसारको नीति तथा कार्यक्रम ल्याउन जरुरी देखिन्छ ।
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update