–लालकाजी शाक्य
जब देशमा संकट आउँछ
तब चन्दा माग्न दैलोमा आउँछ
भोट माग्ने बेला दश औला जोडी
दशौ पटक नमस्कार गर्दै समाई गोडी
त्यो बेला म आदर्श नागरिक रे !
भूकम्प जावोस्, बाढी पहिरो जावोस्
कोरोनाले लकडाउन होस्
कर तिर्छु चन्दा दिन्छु, देशको हित चाहान्छु
संकटको बेला राहत हैन् आहात पाउँछु
खै कता गयो विदेशी सहयोग ? कल्ले खायो
गरिबले नपाउने राहत, धनिले पायो
त्यो बेला मलाई भन्छ तिमी यो देशको नागरिक होइन रे !
देशमा भ्रष्टाचार, अन्याय, अत्याचार, भयो भन्दा
यो त हो भन्छन् नेताको गोरखधन्दा
जनताले तिरेको कर कसले गोजिमा हाल्यो
कोरोनाको हलचलले कुर्सि हल्लिन थाल्यो
महिनौ दिन विरोध कुरा गर्ने चामचुम भयो
दशौ अरबको सहयोगमा छामछुम भयो
खबरदारीको औला उठाउँदा भन्छ के को चासो रे ?
तिमी त योे देशको नागरिक होइन रे !
म, दैनिक काम गरेर खाने मान्छे
कैदी सरह लकडाउन खेप्ने मान्छे
छोराछोरी भोकले छटपटिदा आखाँमा आसु ल्याउने मान्छे
मैले बेदनापोख्दा, दुवै कान थुनि भन्छ तिमी त नागरिक होइन् रे !
जसको छोरा, छोरी विदेशमा बस्छन्
महिनैपिच्छे लाखौ पठाउँछन्, दुई चार नोकर राख्छन्
ती व्यतिm विपन्न रे, राहत उसले मात्र पाउने रे !
मैले हात थाप्दा तिमी त यो देशको नागरिक होइन् रे !
म सोच्छु रातदिन
ए !! खनाल, ए !! नेपाल ए !! गौतम
तिमीहरुको रैछ राजनीति खत्तम
औलीको बोलीमा बिक्ने तिमीहरु
अब, ओलीको झोली समाई सन्यासी बन्
भागबण्डा, कमिशन रकम घरैमा बसी गन
यो देशलाई तिमीहरुको छैन् खाँचो
देऊ युवा पुस्तालाई देश बनाउने साँचो
यस्तो भन्दा जवाफ आउँछ तिमीलाई बोल्न के खाँचो ?
तिमी त यो देशको नागरिक होइन् रे !
कि त काम गर्न देऊ, या त माम देऊ
हैन भने रासन किन्न दाम देऊ
तब मात्र लकडाउनको सार हुन्छ
घरमा मात्र बस भन्दा अत्याचार हुन्छ
कोरोनाले होइन, भोकले मर्छन् कि जनता
सोच विचार पुग्यो, तिमीहरुको कता
लकडाउन गर्नुभन्दा पहिला लाख सोच्नु पथ्र्यो
जनतालाई भोक पर्दा के खान्छ सोच्नु पथ्र्यो
घरैमा बस भनेर जनतालाई भन्दै छौ
आफु भने, बैठक बस्दै भत्ता खादै छौ
जनताले के खाने सोचेका छौ कहिले
लकडाउन भन्दा अघि सोच्ने गर पहिले
मैले त यति मात्र भन्ने हो सुन्ने कस्ले हो
के गर्ने म त यो देशको नागरिक होइन् रे !