Shittalpati
ट्रकमा राखेर ल्याइँदै गरेका १८ गोरु प्रहरी नियन्त्रणमा

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका– ३ स्थित बेलबास–दोभान कच्चि सडक खण्ड हुँदै सिद्दार्थ राजमार्गतर्फ आउँदै गरेको ट्रकबाट १८ वटा गोरु पाल्पा प्रहरीले नियन्त्रणमा लिएको छ । लु १ ख ८३४० नम्बरको ट्रकमा राखिएका १८ वटा गोरुलाई प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

शंकास्पद लागि ट्रक रोकेर चेकजाँच गर्दा एउटा गोरु मरेको र १७ वटा सकुुसल रहेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुुगन्ध श्रेष्ठले जानकारी दिए । प्रहरीले गोरुसँगै ट्रक, ट्रक चालक बझाङको फलरा गाउँपालिका–३ घर भई हाल कैलालीको बेबाणी गाउँपालिका–७ बस्ने २७ वर्षीय बिशालबहादुर धामी, कपिलवस्तुको शिवराज नगरपालिका–७ का २४ वर्षीय  राधेश्याम रैदास, सोही ठाउँका १९ वर्षीय सद्दाम हुसेनलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुुसन्धान तथा आवश्यक कारवाहीका लागि भन्सार कार्यालय भैरहवा पठाइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । गोरु तस्करी गरी लैजाँदै गरेको हुन सक्ने बताइएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update