Shittalpati
पाल्पा प्रहरी प्रमुख शर्माको बिदाइ

पाल्पा, सरुवा भएर जान लागेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माको बिदाइ गरिएको छ । प्रहरीको फेरी भेटौंला कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न संघ संस्था, राजनीतिक दल, पत्रकारहरुले एसपी शर्माको बिदाइ गरेका हुन् ।

शर्माको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसी काठमाडौंमा सरुवा भएको छ । कार्यक्रममा बोल्दै विदाइ भएर जान थालेका शर्माले आफुले इमान्दारीताका साथ कर्तव्य निर्वाह गरेको बताए ।  उनले विगतको समयलाई तुलना गर्दा अपराधिक घटनामा कमी, लागु औषध प्रयोग, ओसार– पसार र बेचबिखनलाई कानूनी कारवाहीको दायरामा ल्याउन  सफल भएको बताए । यस्तै प्रमुख शर्माले चोरीका घटनामा अनुसन्धान गरी कारवाहीको दायरामा ल्याईएको, प्रहरी कर्मचारीहरुलाई पेशागत मर्यादाको अभिवृद्धि गरिएको, जनचेतनामुलक कार्यक्रमहरुको संख्यात्मक बृद्धिका साथै परिणाममुखी देखिएको, फैसला कार्यान्वयनलाई हाल सम्मकै उच्चस्तरमा पुर्‍याई जिल्ला अदालतबाट प्रशंसा पत्रले सम्मानित हुन समेत सफल भएको बताए । उनले आफ्नो कार्याकालमा नदीजन्य वस्तुको अवैध उत्खनन् र ओसार पसारमा अत्याधिक संख्यामा सवारीसाधन कारवाही गरी स्थानीय तहमा राजश्वको अभिवृद्धि गरेको, मापसे गरी सवारी चलाउने र प्रहरी माथि अभद्र व्यवहार गर्नेलाई म्याद थप गरी त्यस्तो प्रवृत्तिलाई  निरुत्साहित गर्ने काम गरेको पनि  जानकारी गराए ।  

चाडपर्व लक्षित सुरक्षा योजना बनाई यात्रुहरुसँग २ मिनेट, चोरी नियन्त्रणका लागि सलह कार्यक्रम, यात्रु सहायता कक्षको स्थापनामार्फत २४ सै घण्टा प्रभावकारी सेवा, माईकिङग र्‍याली, सवारी चालक तथा साधनको स्वास्थ्य तथा यान्त्रिक परिक्षण, अलपत्र परेका, हराएका महिला बालबालिका तथा जेष्ठ नागरिक, सहाराविहिन विरामीहरुको उपचारका लागि समन्वय गरी भरपर्दो सेवा प्रवाह गरिएको प्रमुख शर्माले बताए । जिल्लामा रहँदा सबैको सहयोगले नै सहज रुपमा काम गर्न सकिएको उनको भनाइ थियो । सबै क्षेत्रका व्यक्तित्वहरुको सहकार्यमा जिल्लामा धेरै काम गर्न सकिएको भन्दै प्रमुख शर्माले आउँदा दिनमा पनि निरन्तरता दिन समेत आग्रह गरे । जिल्लामा शान्ति सुरक्षा कायम गर्न सहयोग गर्ने सबैलाई उनले धन्यावाद समेत दिए । पत्रकार महासंघ पाल्पाका अध्यक्षम रेखीराम रानाले जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रमुखले महत्वपूर्ण योग्दान गरेको बताए । शर्माको कार्यकालमा प्रहरी मिडियामैत्री बन्न सफल भएको समेत बताए । कार्यक्रम प्रहरी सहायक निरीक्षक हुमकला राना मगरको सञ्चालनमा कार्यक्रम भएको थियो । शर्माको विदाइसँगै पाल्पा प्रहरी प्रमुखको रुपमा नरेन्द्र चन्द आउने भएका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update