Shittalpati
महिना दिनको  महिमा  : आस्था कि  विश्वास ?

   जगन्नाथ पन्त

माघको चिसो रातको आठ बजिसकेको थियो । परिवारमा सबैजनाले खानपिन गरि चुलोचौको गर्दा  सधैजसो  समयले आठ बजाउथ्यो । अगेना  खनिउंको भउरोले धपक्क थियो । अगेनाको बृत्तमा सबैजनाले आगो ताप्ने र हजुरबाले स्वस्थानी कथा भन्ने क्रम नियमित थियो । परिवारमा कसैले पनि ब्रत लिएका त होइनन् तर पनि कथा भन्ने र सुन्ने चलन  थियो ।  ३१ अध्याय सत्र  दिनमै सकिएको थियो । अनि फेरि दोहोर्‍याई पढिदै थियो । पुस्तकको रातो गाता माथिको तुना फुकाउनै लाग्दा  अहिले सम्म सुनेका  विषयमा मेरा जिज्ञासा छन्  हजुरबा  १ आज प्रष्ट पारि दिनुस भनेर नातिनीले रोकिन । भनन त के कुरा हुन हजुरबाले सहजै अनुमति दिनु भो । नातिनी भन्न लागिन कि कथा भन्न पहिले पढिने स्तुतिमा देव या नी ईश्वरको त्यत्रो महिमा छ । स्वयं ब्रह्मा , वरुण , ईन्द्रहरुले स्तुति गर्ने , वेदका समस्त मन्त्रहरुले महत्व गुनगान गर्ने , ध्यानमा मग्न भएका माहा योगिले मात्र  मनले अनुभूति गर्न वा देख्न सक्ने अरु देवता , असुरले छिउटुप्पो थाहा पाउन नसक्ने भनिएका  भगवानको स्तुतिसंग मेल नखाने गरि स्वस्थानी कथा भित्र  मनगणन्ते कथा किन बनाएका ?  परब्रह्म  गुणातीत परमात्माको इच्छा स्फुरण हुना साथ त्यहि इच्छाले प्रेरित गुणले ब्रह्मा , बिष्णु र शिव अनि माया यानि प्रकृतिको उत्पत्ति र ब्रह्माले अनेक जीवहरु उत्पत्ति गरे भन्ने छ । तर त्यस्ता परब्रह्मको कथा भित्र किन  कुनै चर्चा छैन ?  पार्बती  र महादेवको विवाह नहुँदै  त्रिपुरका असुरसंगको लडाइमा गणेश कहाँबाट आए  ? आफ्नै कानेगुजीसंग हार्ने बिष्णु, अर्काकी पत्निलाई व्यभिचार गर्ने बिष्णु , जथाभावी वरदान दिने ब्रह्मा , अप्सरा नामका  परस्त्री भोग गर्ने देवताहरु, महादेवले अग्नीलाई बिर्य खा भन्ने , आगो ताप्दैमा ऋषी पत्निहरु गर्भवती हुने , गंगामा ओकलेर षडमुख कुमार जन्मने , पार्बतीका जीउका मयलले गणेश जन्मने , जनावरको टाउको काटिएको जीउमा जोडिने , सात बर्षकी नावालिकालाई विहे गर्ने रे ?   शिवजीको लिंगले संसार ढाक्यो रे ? यस्ता  कथा सुनेर ब्रत गरेर अहिलेका जुगमा कसलाई धर्म होला ?   नातिनीका यस्ता प्रश्न सुन्दा बुहारिहरु अगेनामा  हात सेक्न छोडेर लाजले  मजेत्राले मुख छोपे ।

 हजुरबाका साईला छोराले हेर हेर ! यसलाई बैशलागेको ?  छाडा सोध्ने ? छोरीलाई झपारे । अनि अरु सबै केटाटीहरु एकै स्वरले भने अ: छाडा कुरा भए  हजुरहरु वर्षौदेखि   यस्ता कथा किन पढेको ? भगवान र देवताको चरित्र , मानमर्दन हुने  कथा  र त्यस्तो ब्रत किन मानेको ? हरे यि सबै केटाटी बहुलाउन  थाले हो  !  स्वस्थानी कथाको प्रसाद फाल्दा चन्द्रावतीले कति दुख पाइन ,तिमीहरु पनि दुखपाउला नि स्वस्थानी कथाको अपहेलना  गर्ने  ठूलाबाले  ठूलै  स्वरले झपारे । केटाटीहरु निरास भएको देखेर हजुआमा भन्नु हुन्छ ठिकै त सोधेका छन नि भुराभुरीले । यिनिहरुको   प्रश्नको उत्तर आउन्न  भने आउन्न भनओ , नत्र नझपारओ विनासित्ति । हजुरआमाको साथ पाए पछि नातिनीले थपिन हाम्ले पढ्ने स्वास्थ्य तथा शारिरिक पुस्तकमा त मान्छे जन्मिने प्रकृया अर्कै बताछ। प्रजनन स्वास्थ्यले अर्कै भन्छ ।  विज्ञान विषयमा चन्द्रमा भन्दा सूर्य हजारौ गुणा ठुलो भन्छ ।रथको पाङ्रो एउटा सूर्य रे अर्को चन्द्रमा रे ? एकातिर टिपरको टायर अर्को  तिर स्कुटिको टायर , कसरी गुड्छ  ?  हजुरबा हजुरले श्रीकृष्ण परब्रह्म , परमात्मा भगवान हुन भन्नुन्थो त , यस कथामा त सतिदेवीको अंग पतनभा ठाउँमा  कृष्णले तपस्या गरे र संसारका स्त्रीहरु मसंग मोहित हुन भनेर वरदान मागे भनेर उढाछ त । संह्वासुर नामक राक्षसले १६१०० कन्यालाई अपहरण गरेर बोको हरामले जस्तै बन्धक बनाथ्यो, श्रीकृष्णका छोरा प्रधुम्नले राक्षसलाई मारेर कन्याहरुलाई मुक्त वनाए , अनि  राक्षसले लगेर  जुठिएका भनेर समाजले हेला गर्दा श्रीकृष्णले वाध्य भएर सबैलाई पत्नीको दर्जा दिएका भन्नुन्थ्यो त ।

नातिनी र अरु केटाटीहरुका प्रश्नको जवाफ निदिइ हजुरबा सुत्न जान पाएनन्। हजुरआमाको साथ भुराभुरीलाई थियो। स्त्रीहरुलाई कथामा हेपेको , दुखदेको हजुरआमालाई नि खसखस रच । अनि हजुरबा अगाडि भन्नुन्च । प्रश्न सोधेकोमा तिमउरलाई धन्यवाद । मैले पो धेरै र खास कुरो के जान्या छु र । जाने जति भन्चु , ठिक वेठिक आफै बुझे ।  स्वस्थानी कथा भन्नु पहिले र अन्त्यमा भन्ने स्तुतिको अर्थ बुझेमा र मनन गरेमा हीत नै हुन्छ । परब्रह्म , परमात्मा भगवानका स्वअंश शिव , बिष्णु र ब्रहमा हुन । उनिहरु भगवान जत्तिकै स्तुत्य  छन । प्रकृति अर्थात मायाले भगवानका विभिन्न अंशी मानिस लगायतका चराचर जीबलाई लोभ , मोह , ईर्षा , सत्व , राजस , तमो गुणमा जेलेर राखेको छ । भगवानको सदा स्मरण गरेमा भगवत दर्शन पाइ जन्म मरणवाट मोक्ष हुन्छ ।  अरु ब्रत तिर्थ भनेका  धन, संपत्ति , पद प्रतिष्ठाका लागि हुन । यी मृत्यु पछि समाप्त हुन्छन । कतिको त जिउदै सकिन्छ । ध्यान छोडेर धनका पछि लाग्न मायाले उक्साइ रहन्छ । धन त मर्नासाथ निर्धन हुन्छ । कतिले धनका लागि अरुलाई दुख , पिडा दिन्छन  , अरुको जीवन नर्क बनाएर ठगेर धन कमाउनेले पापको भारी बोक्छन । तीर्थ , ब्रत गरेर धन , पद ,  रवाफ पाउनमै  मान्छे रमाउछ । अति  पुण्य गरेछ भने पाउने स्वर्ग हो रे । स्वर्ग जाने देवता वन्छरे ।  पुण्यको फल सकिए पछि देवताहरु  पनि फेरि चौरासि जुनिको चक्कर काटेर मात्र मान्छेको जुनि पाउछन  रे । मान्छेले मात्र भगवानको भजन , कृतन र स्मरण गरेर जन्म मरणवाट मोक्ष हुन सक्छ । वेद , श्रीमद्भागवत , गीताले त्यही भन्छ । कुरान , वाइवलले पनि त्यहि भन्छ । सनातन धर्मलाई हिन्दूले विगारेर हेर त कृष्ण , राम , शिब , बिष्णु बनेर नाटक गर्छन , सिरिएर बनाउँछन् ।अनि हामी त्यही पात्रमा भगवानको स्वरुप स्मरण गर्दछौ ।  जीवनमा राम्रो आचरण भएका फिल्ममा खलनायक र नराम्रो आचरण भएका पनि नायकको भूमिकामा हुन्छन नि । तर साच्चिकै ठान्छौ र त्यस्तै चित्रण मनमा राख्छौ । धार्मिक देखिन गरिने आडम्वरले पाउने अन्ततस् दुख नै हो । कर्मले हो  फल पाउने । भगवानको भूमिका गर्न त नडराउने मान्छेले   कथा कस्ता कस्ता बनाउँछ । भगवानको  पनि वदनाम गर्छ । स्कन्द पुराणमा भएका श्लोकलाई विगारेर  श्लोकहरु  मिलावटि वनाका छन् रे ।   स्वस्थानी कथालाई स्कन्द पुराणको  खण्ड भनेता पनि मिलावटि गरेर कथा बनाउँदा अपत्यरिलो हुन गएको हो ।अझ यो कथा त महात्म्य हो । मूल कथाको महत्व सारलाई महात्म्य भनिन्छ । यो महात्म्यले त भगवान र देवतालाई पनि सिल्ली काम गर्ने देखाएर खिल्ली उढाए जस्तो बनाइएको छ भनेर भन्ने आट म मा पनि छैन । प्रा .डा. रामचन्द्रज्यूले स्वस्थानी  प्रामाणिक पुराण होइन  भन्नु भएको सुनेको थिए । भेदभाव गर्छ, उच नीचका कुरा छन  स्कन्द पुराणमा  भन्ने अपभ्रशं पनि छ। यस वारेमा छुट्टै वताम्ला ।आगामी कथामा ।

हाम्ले अहिले पढ्ने स्वस्थानीमा साली नदी , मृगस्थली, गुह्यश्वरी , कैलाश र अनेकौ पिठ नेपालमा उत्पत्ति भाको  भनिएकाले पनि हो कि हाम्ले  कथा पढ्ने , ब्रत गर्ने गरेको । मनुष्य जुनी पाउनु, त्यसमा पनि नेपाल जस्तो ऋषीमुनिको तपोभूमि , कैलाश , आर्यवर्तको शिर नेपाल जहाबाट स्रृष्टिको अभ्युदय भयो  यस्तो देशका हामी सुखी , खुसी र आनन्दित हुनु पर्नेमा म्लेच्छ जस्ता भयौ । बिक्रम संवत् १४०६ संवत मानसरोवर नेपालकै थियो , सिंजा राज्य जुम्लाकै भाग थियो ।वि .सं. १४०७ मा भोटले कव्जा गर्यो , चीन बनेपछि फर्काउने कोशिस नि भएन । पृथ्वी नारायणले नेपाल  त्यसै एकीकरण गरेका काहुन र । सत्ययुग देखिनै नेपाल थियो । अहिलेको कलियुग २८ओं चरणको हो रे । यसपूर्व २७ चरणका सत्य, त्रेता , द्वापर र कलि विते , कैयौ  महाप्रलय , स्रृष्टि भए भन्ने छ । हिमवतखण्ड पुराणमा एउटा शलोक छ । कीर्ते सत्यवती यये त्रेता तपोवती द्वापरे मुत्तिसोपान  कलौ नेपालीकापुरी।  महाप्रलयमा नेपालमात्र रहन्छ र नयां स्रृष्टिको थालनी नेपालबाट हुन्छ भन्ने छ ।  यो  विषय मैले डा. जगमान गुरुङ्ज्युले भनेको सुनेको हु। नेपालमा जन्मेर ध्यानी वन्नु पर्ने हो । आध्यान्तिक  वन्नु पर्ने हो । जगत प्रतिध्वनि  मात्र हो । मरेर जादा छोडेर जाने , मर्ना साथ अर्थात निधन हुनासाथ निर्धन हुने  विषय जोड्न ब्रत , तीर्थ गर्नै पर्दैन , यो जंजाल र जंजिर स्वत छ जगतमा । कमिलाले जम्मा गरेको अन्न , माहुरिले जम्मा गरको मह के त्यसले भोग गर्न पाउछ र ?  मान्छेले पनि आफुलाई चाहिने भन्दा बढी सन्तानका लागि जम्मा गर्ने सोचले दुख पाउछ । जतिसुकै प्रिय नाताका भएपनि निस्वार्थले कसले पो आफ्नो भन्छ र । जीवित छदा  मनले भगवानको ध्यान नगर्ने , भौतिक वस्तु जम्मा गरेर भौतिक शरिरका इन्द्रियले गर्ने पूजा पाठ , तीर्थ ब्रत गर्नेले वढीमा पाउने भौतिकता मात्र  हो । जिवित छदा आफैले  मोक्षको मार्ग अवलम्वन नगर्ने ,  अर्थ नबुझि पाठ गर्ने , देखावटी धार्मिक हुने मन सदा मोहमा लगाउने मरेपछि सन्तानले तार्छन भन्नु भ्रम हो । अविनासी आत्मा शरिरमा रहदै मुखले , हातले , चक्क्षुले होइन , भौतिक सामाग्रीले होइन मनले केवल मनले गर्ने पूजा पाठ , तीर्थ ब्रतले मात्र लाभ मिल्छ , मोक्ष मिल्छ । रवाफका लागि गर्ने यज्ञ ,  सप्ताह  , तीर्थ ब्रत , कथा श्रवणको भगवत क्षेत्रमा कुनै गणना छैन । माघमहात्मे केदारखण्डे हाम्ले पढ्ने र सुन्ने पनि यस्तै हो । राम्रा विषय ग्रहण गर्ने , चित्तले नपचाउने मनन नगर्ने गर नानीहो । नमरि कसैले स्वर्ग र नर्क देख्दैन । मरेर गएकाले स्वर्ग वा नर्क भोगे भनेर पनि सुनाउदैन । स्वर्ग र नर्क सत्कर्म र कुकर्म हुन । 

ब्रत वसेर , कठोर नियम पालना गरेर एक महिना सम्म गरिने कार्यले मानिसलाई सात्विकी हुन प्रेरित गर्छ । हाम्रो संस्कृति भै सकेको चलन वा मान्यताको विरोध गर्नु पनि त भएन । हामीले आफुले अनुभूति गर्ने विषय हुन । अरुले जे लेखे , सुनाए , सिकाए त्यही सिक्दै आछमनि ।अघिल्ला पिढी , पण्डित , पुरेतले जे भने त्यही पत्याउने तर आफ्नो ज्ञानले , अन्तस्करणले जानेका विषया  परख गर्न डराएर हो । भगवानका सवारी अर्थात यात्राका साधन , साढे , मुसो , गरुड, मयुर जे भनेनी पत्याउने भयौ । साच्चिकै भा फेरी साढे छाडा छोड्ने , मयुरलाई चिडियाखानामा थुन्ने , मुसो देखोकि मार्ने , विख हाल्ने , मुसेरी थाप्थिम र । हाम्रो आस्थामा विरोधाभास  छ । घरमा पालेको विरालोले श्राद्ध गर्दा नछोस भनेर बाजेले विरालो बाधेछन , बाउले पनि बाधेको देखेको नातीले घरमा विराले नभा नि खोजेर खावामा बाधेर श्राद्ध गरे जस्तै कथा पनि विगारिएका हुन कि । पहिले कुनै कार्य गर्दा अपनाएको उपाए वैज्ञानिक हुन सक्छ । तर पछि गर्दै जादा  नक्कल मात्र पनि हुन सक्छ । जस्तो कि एक पटक हनुमानलाई सीताले भोजन गर्न डाक्नु भएछ रे  । भए जति पकवान , फलफूल , मिष्ठान्न खाएर सक्दा पनि हनुमानले अघाइन भनेर  खाना दिनुस भनिरहेछन । उता सबै सकियो । अनि रामले तुलसीको पात खाऊ भनेर दिएपछि हनुमान अघाएछन । त्यही सिको गरेर अहिले पनि प्रसाद लगाउदा तुलसीको पात प्रसादमा राख्छौ ।  खाना पस्के पछि तुलसीको पात चिमोटेर राख्छौ । तुलसी पत्र लगाएसी पबित्र हुन्छ भन्छौ नि ।  मूल रुपमा राम्रो होलान , नक्कल गर्दै जादा प्रसंग बिग्रियो । पार्बती स्वयम् ईश्वरी हुन ,  महादेव पति पाऊ भनेर ब्रत गर्न परे होला र । केही पाउन मानिसले अठोट गरोस , सिकोस , परिश्रम गरोस , ज्ञान ,सीप , दक्षता वढाओस , भगवानलाई , देवी देवतालाई पनि केहि पाउन संकल्प , मिहेनत गर्नु पर्छ , मान्छेले पनि गरुन भनेर उदाहरण दिइएको हो । यति कुरा गर्दै कुमार अगस्त्य संवादे अथ षड्बिंशोध्याय : त्यस पछि एक दिन नवराजले आफ्नी महतारी गोमा संग भने हे माता !  भन्दै हजुरबा   श्रीस्वस्थानी परमेश्वरीको कथा वाचन अगाडि वढाउनु भयो , अरु सबैले ध्यापूर्वक श्रवण गर्न लागे । स्वस्थानी परमेश्वरीकि जय ! उपनयतु मंगलम्।


 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update