मगर नेपालको बहुल जनसंख्या भएको जात मध्ये एक जात हो । मगरलाई जाति भनिन्छ वा जात यसमा विभिन्न तर्कहरु छन् । कसैले मगरलाई जातको दर्जामा राख्ने गरेका तर्कहरु पाईन्छ, भने कसै कसैले मगरलाई जाति भनेर उल्लेख गर्ने गरेका छन् । कालमाक्सले व्याख्या गरे अनुसार जग्गा जमिन, धन, सम्पत्ति नभएकाहरु निमेक गरी खाने वा श्रम जीविलाई जाति मान्ने हो भने सबै मगर जाति विशेष होईनन् । जात नै हुन किनकी नेपालको विभिन्न मगर पूर्वजहरु राजकाज चलाएका इतिहासहरु छन् । विश्वभरी बहादुरी देखाई भि.सि प्राप्त गरेका छन् । यो आधारमा मगर जात नै हुन् । नेपालको इतिहासमा सन् १९५४ मा नेपालका जंगबहादुरले मुलुकी ऐनमार्फत (जसलाई आदिवासीहरु विभेदकारी ऐनको रुपमा मान्दै आएका छन्) ल्याईएका चलनले पानी चल्ने तर चोखोनितो नबार्ने भनि एक जातिमा सिमित गराइएकाले जाति भनिएको भनि नेपालमा वर्ग र जात जातिका लेखक विद्वान डा. पीताम्बर शर्माले (२०७९)मा उल्लेख गरेका छन् । तर मगरहरु अत्यन्त चोखो बस्ने चलन छ । त्यसैले त नेपालका विभिन्न प्रसिद्घ देवी देवताहरुमा मगर नै पुजारी हुने प्रथा छ । यस तर्कबाट पनि जाति भन्ने शव्द उपयुक्त देखिदैन ।
मगर (जात वा जाति जे होस्) नेपालको जनगणना २०७८ अनुसार २०,१३,४९८ अर्थात् कूल जनसंख्याको ६.९ प्रतिशत रहेको उल्लेख छ । यस हिसाबले कूल जनसंख्यामा तेस्रो ठूलो जात रहेको छ । पाल्पामा मगर समुदायको संख्या १ लाख ३६ हजार ५ सय ८८ जना अर्थात् सबै भन्दा बढी जनसंख्या भएको जात भनेर परिचित छ । नेपालको भूगोलमा मगर बाहुल्यता रहेको १६ जिल्लाहरु छन् भने देशको ७७ वटै जिल्लाहरुमा मगर समुदायको बसोवास रहेको तथ्यांक छ । झट्ट हेर्दा शारीरीक रुपमा गहूँ गोरो, लोप्रे आँखा र थेप्चो नाक भएका मंगोल मूलका एक जाति हो मगर । आनीबानी ब्यवहार प्रायः झवाट्टै उत्तर दिन नचाहाने, कसैको विषयमा अनावश्यक चासो नराख्ने आफ्नै प्रवृतिमा रम्ने स्वभावको हुन्छ मगर । नारदमणि थुलुङका अनुसार दाह्री जुँगा नभएका चिल्लो अनुहारका कारण नारी वा पुरुष छुट्टयाउन नसक्दा आर्यनहरुले संस्कृत भाषामा ‘किनर’ (कसरी पुरुष ?) भन्न थाले । यसरी, अनुहार चिल्लो गाला सुन्दर मगरको शारीरिक परिचय हो ।
मगर जातिको नामाकरणको विषयमा विभिन्न विद्धानहरुले छुट्टाछुट्टै तर्क पेश गरेका छन् । यस विषयमा २०७९ को अंकमा पनि केही व्याख्या गरिएको छ तथापी (पुन उल्लेख गरिदिनु पर्यो भन्ने मागलाई ध्यानमा राख्दा) इतिहासकार शिखरनाथ शर्माको अनुसार ठकुरी, राणालाई ‘राना’ बनाई तनहूँ र गोरखाका दशैं घरमा पूजा गर्न ‘अधिकारी’ बनाई पठाइयो । त्यति बेला “आज देखि मैले गर्ने काम गर” भनी राजाबाट हुकुम भएको र त्यसैबाट अपभ्रशं हुदै ‘मगर’ हुन पुग्यो भन्ने भनाई छ । (गोत्र प्रवलावलि, पृ ६२) अर्का मगर जातिका विषयका जानकार शोधकर्ता डा. श्री केशर जङग बरालको शोध पत्र २०३८ अनुसार आज भन्दा २३०० इ. पूर्वमा फिरन्तेको रुपमा एक जाति मग्यार (Magyars) भन्ने ठाउँबाट नेपालमा बसोबास गर्न आइपुग्यो । पछि गएर ती जातिलाइ ‘मगर’ भन्न थालियो । अर्कोतिर महाभारत कालमा ‘जरासिन्धु’ नामको एउटा राजा उल्लेख भएको पाइन्छ जसलाई मगधपति वा ‘मगरको राजा’ पनि भनिन्थ्यो । उनका सन्तान मगर जाति हुन् भन्ने गरिन्छ । इतिहासकार डा. हर्ष ब. बुढाका अनुसार ९ औं शताब्दीमा ग्चबकि (युराल) बाट Magyars हंगेरी आए र त्यहाँबाट नेपाल आई बसोबास गर्न थाले । त्यही ‘मग्यार’ पछि अपभ्रंश भइ मगर हुन गयो (किराँत वशं र मगर पृ.४८) । यसैगरी भारतको वंगालमा रहेको नागवंशीयहरु आफूलाई नागपूजाबाट लुकाउन ‘मगर’ शब्द प्रयोग गरे सोही जाती आज मगर हुन पुग्यो (भारत खण्ड और नेपाल पृ.३) । बालकृष्ण पोखरेलले मगरको नराम्रो बानी व्यवहार ‘मर्कटा’ शब्द प्रयोग गरी सोही अपभ्रशं भई ‘मगर’ भएको बताउँछन् । मर्कटा शब्द कम बोल्ने वा बोल्न नचाहने भन्ने जनाउँछ । मगर जातिको उत्पति बारे अर्को प्रचलित कथन पाइन्छ । चण्डी पूजा गर्न जादा धेरै भाइहरु मध्ये कान्छोले ‘म गर्छु भनेको र त्यहीबाट मगर हुन गयो भन्ने कहावत भेटिन्छ । यसरी आज एक जाति बन्न पुगेको मगरको नामाकरणमा कुनै ठोस प्रमाणिता नभए तापनि बसाई सराईको प्रक्रिया वा कामको पदबाट ‘मगर’ रहन गयो भन्न सकिन्छ ।
मगर जात भित्र विद्यमान विभिन्न किसिमका समानता प्रजातान्त्रिक मूल्य र मान्यताहरुको प्रमाणहरु आज पनि समाजमा प्रसस्त भेटिन्छन् । मगर सरल सहनशील र विभिन्न संस्कृतिमा रमाउने जात हो । मगर जातमा कुनै मौषमी र कुनै बाह्रमासे गीत संगीतहरु, नृत्य कला प्रस्तुत गर्दै दुःख वेदना भन्ने गर्दछन् । (मगरहरुको संस्कृति २०६८ दोस्रो संस्करण पृ. ८४÷८५ ) विभिन्न लेख, रचना, पत्रपत्रिका र पुस्तकहरु अध्ययन गर्दा मगर जात अर्ध मातृसतात्मक जात जाति हुन् । यी जातिमा लैंगिक समानता, आर्थिक समानता र सांस्कृतिक समानता स्पस्ट भेटिन्छन् । त्रि.वि. उपकुलपति प्रा. डा.केशरजंग बरालका अनुसार मगर जातिहरु कुनै शुभकायर्, अन्नपात भिर्याउदा, भोज भतेर, मासु शिकार गरेका चिजहरु सबै मिलेर गर्ने गर्दछन् र घरधूरीलाई समान बिलो (भाग) लगाउने गर्दछन् । (२०६८) धनि गरिव सबैलाई समान सहभागिता (सगोल) मा विलो लगाइन्छ र आ–आफनो भाग स्याहार्ने गरिन्छ । यदि कसैले खरिद गर्न सक्दैन भने मात्र सक्नेले बिलो खप्ट्याउने (थप्ने) काम हुन्छ । अर्का विद्वान डा. हर्ष ब.बुढा मगर पृ ४६३ देखि ४८० पृष्ठ सम्म) यदि कसैले गलत अर्थ लगाएर हामी ठूलो उ सानो भनेमा त्यसको कुनै धार्मिक, साँस्कतिक वा राजनैतिक आधारहरु भेटिदैन । यसका अलावा अर्को जातसंग विवाह गरेता पनि दाजुभाई बिच केहि मनमुटाब, रिसराग भएतापनि जात घटुवा हुर्दैन ।
हिन्दुहरुको धर्म लेखबाट शुरु भएको मानिन्छ वेदहरु यसका ज्वलन्त उदाहरण हुन् । मगरहरुको धर्म बारे कसले के–के लेखे वा जलाइए, नष्ट गरिए वा लेखिएन स्पष्ट छैन र सत्य यहि हो कि जुनसुकै धर्म मान्न सबैलाई छुट भए पनि मगरहरु प्रकृतिलाई पूजा गर्ने जाति हो । मात्र बुद्ध धर्मभन्दा पनि बौद्धमार्गी हुनुको मगरका धेरै रितिरिवाज परम्परा बुद्ध ब्यवस्थासँग मेल खान्छ तर त्यहि धर्म भने होइन यो त पछि गुल्मीको तम्घासमा आयोजित सम्मेलनमा विवादित रुपमा भए पनि घोषण गरिएको मात्र थियो । कैंयो मगरहरु यसलाई जवरजस्ती घोषणा गरिएको मान्दछन् । मगरहरुले बुद्धले जस्तै संघम् शरणनम् गच्छामी वा समुहमा काम गर्ने जाति हो । अर्को तर्फ सृष्टि भन्दा पुरानो केहि चिज छैन र मगरहरु सृष्टीका पूजक हो । हावा, पानी, जमिन, रुखको पूजा गर्ने गर्दछन् । हिन्दु पंचतत्वबाट बनेको शरीर स्वीकार्द छन् । त्यहि प्रकृति अनुसार मगरहरुको लुगा, कपडा, खाना, कुडुले घर, गीत संगीत हुन्छ । देवीदेवताको पूजा आजा पनि प्रकृतिसंगै रहेर गर्दछन् । विभिन्न धर्ममा हुने थिचोमिचो मगर समुदायमा पाइदैन । हिन्दुमा हुने जस्तो दलित वा बाह्रमण वा बैष्णव ठूलो भन्ने हुँदैन, मुश्लिम धर्ममा जस्तो सुन्नी समुदाय र शिया विचको मारकाट हुँदैन । क्रिश्चियन धर्ममा जस्तो क्याथोलिक र प्रोटेसटेन्ट विचको लडाई हुँदैन मगरमा । मगरहरु त एउटै मानव धर्म प्रकृति पूजक हून् । हावा पानी, सुर्य, जमिन रुख सबै समान छन् यो नै मगरको पहिचान हो । संसार बचाउने उसैको पूजा गर्ने शिष्य हो । उसले वायुपूजा भूम्या पूजा, जलदेवता पूजा, भूंयार पूजा गर्दछन् । मगर जातिमा आफ्नै मामाकी छोरीसंग विवाह गर्ने चलन अझै छ । अन्य जातिलाई सुन्दा अचम्म र अबैज्ञानिक लागेता पनि वास्तविकता यही हो । अरुकै छोरी ल्याएपनि सासु ससुरालाई माइजु मामा नै भनेर बोलाइन्छ । मगरहरुमा पनि सदियौं देखि यो चल्दै आएको छ । मामा माइजुलाई भगवान बराबर मान्ने गर्दछन् ।
मगरमा ठूलो नाचको कारण कृष्ण चरित्रमा पनि मामा भान्जा उल्लेख छ । मगरहरु आफ्ना भान्जाहरुले दुख नपाउन, फुपूहरुलाई सजिलो होस भनेर भदैनी सुम्पेको पाइन्छ । यसमा नेपालको कानुनले हाडनाताको अर्थ लाग्दैन । यो विभिन्न जात जातिमा फरक फरक छ । गुरुङ समदायको पनि फप चेला र मामा चेलीविच मागी विवाह चल्दछ भने मुस्लिमहरुको झन् फरक मगर दिवस र फागुन १५ को सम्बन्ध मगर दिवस र फागुन १५ को सम्बन्धमा धेरैले आ–आफ्नै अनुमान प्रस्तुत गरेको पाईन्छ । धेरै जिज्ञाशुहरुले किन फागुन १५ मनाउँछन् मगरहरुले भनि सोध्ने गर्नुहुन्छ । यसको कुनै धार्मिक, आध्यात्मिक वा पौराणिक कथा वस्तुहरु ठोस प्रमाणका रुपमा भेटिदैन । प्रथम शहिद लखन थापाको प्रसंग जोडिएता पनि लखन थापालाई फागुन २ गते मृत्यदण्ड दिइएको थियो । विद्वान डा. हर्ष ब.बुढा मगर पृ ४८३ देखि ४८४ पृष्ठ) एउटा बलियो स्रोत यो हो कि वि. सं २०३९ फागुन १४ गते तनहूंको दमौलीमा लाङ्घाली परिवार संघको तेस्रो सम्मेलन श्री हेम ब. पुनको अध्यक्षतामा बसी १५ र १६ फागुनलाई प्रथम राष्ट्रिय महाधिवेशनको रुपमा सम्पन्न गरी फागुन १५ लाई राष्ट्रिय मगर दिवसको रुपमा मनाइएको बलियोप्रमाण भेटिन्छ । त्यसैले यस पटक आज ४२ औं मगर दिवसको रुपमा फागुन १५ मनाइरहेको छ । मगर जातिका विभिन्न सकारात्मक पक्षहरु सबै जात जातिले सिक्ने र सहकार्य गर्ने प्रेरणा मिलोस् । धार्मिक, सांस्कृतिक र रिती रिवाज सहिष्णुताको विकास होस् । शुभकामना !