Shittalpati
प्रतिधिनिसभा बैठक स्थगित

काठमाडौँ, प्रतिनिधिसभाको आज ११ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले जारी गरेको सूचनामा विशेष कारणबस बैठक स्थगित गरिएको उल्लेख छ । 

    “प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखज्यूले सभाको अर्को बैठक मिति  फागुन २४ गते बिहीबार विहान ११ बजे बस्ने गरी निर्धारण गरेको व्यहोरा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ”, सूचनामा भनिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update