Shittalpati
तानसेनको नारायणस्थानमा १०८ गौमुखे धारासहित शिव लिङ्ग स्थापना गरिदैं

पाल्पा,जिल्लाको तानसेनस्थित अमर नारायण मन्दिर परिसरको पुरानो पोखरीमा हालै १०८ गौमुखे धारा निर्माण गरी शिव लि· स्थापना गर्न  लागिएको छ । तानसेन नगरपालिका २ मा नारास्थानमा रहेको प्राचिन महत्व बोकेको पोखरीमा तानसेन नगरपालिकाको पञ्च बर्षिया योजना र उपभोक्ताको संयुक्त लगानीमा १०८ वटा गाईमुखे धारा निर्माण गरी शिव लि· स्थापना गर्न लागिएको हो ।

cren ko sahatama Shiva Ling Narayan Sthan Pokhari Ma rakhdai (2)1709731085.jpg

गौमुुखे धारा जडान गरिसकिएको छ भने शिव लि· स्थापनाको काम अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका अध्यक्ष विनायक महर्जनले जानकारी दिए । उनका अनुसार भक्तजनहरुलाई स्नान गराउने र  भव्य शिव लि·को दर्शन गराउने गरी काम भइरहेको छ । १०८ गौमुखे पोखरीमा करीव १ हजार ६ किलो तौल भएको भक्तपुरबाट एउटै ढुङ्गाबाट कालिगढले निर्माण गरी शिव लि· र बसाहाको भव्यमुत्र्ति पोखरीमा गत सोमबार ल्याई राखिएको छ । क्रेनको सहायताबाट सो शिव लि· र बसाहालाई १०८ गौमुखे पोखरीमा राखिएको उपभोक्ता समितिका अध्यक्ष महर्जनले बताए ।

पोखरीमा राखिएको शिव शिव लि· र बसाहाको यही फागुन २५ गते महाशिवरात्रीको दिन प्राण प्रतिष्ठा गर्ने र १०८ गौमुखे धारामा स्नानको व्यवस्था गर्न लागिएको स्थानीयवासी एवं नेपाली काँग्रेस पाल्पाका सभापती हिमालदत्त श्रेष्ठले बताए । नेपाल दर्शन समूहका अगुवाहरु सन्दिप राना, प्रकट नारायण श्रेष्ठ, साकार प्रधान अविदप अमात्य, जयनेपाल घिमिरे लगायतका युवा तथा स्थानीयवासीको  सहयोगमा  शिव लि· तथा बसाह मुर्ती निर्माण गरी नारास्थानको १०८ पोखरीमा ल्याइएको समितिका अध्यक्ष महर्जनले बताए । भक्तपुरबाट निर्माण गरी ल्याएको शिव लि·लाई बसपार्कबाट भजन कृर्तन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठसहित भक्तजन टोलीको सहभागितामा नारायाण स्थान पोखरीमा भित्राईएको थियो । पुरातत्व विभागले भने नारायाणस्थान मन्दिर परिसरको प्राचिन पोखरीमा १०८ गौमुखे धारा सहित संरचना पुरातत्वको नियम विपरित भएको र नारायाणस्थानको पुरातात्विक महत्वलाई ओझेलमा पारेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update