Shittalpati
पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

वालिङ (स्याङ्जा), आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर आज बिहान बालकको मृत्यु भएको छ । गल्याङ प्रहरी चौकीका अनुसार गल्याङ नगरपालिका–२ गराङ्दी बस्ने भरत रानाका १४ वर्षीय छोरा युनिक रानाको डुबेर मृत्यु भएको हो ।
 
छ जना साथीहरु पौडी खेल्न गएका थिए । राना पानीको रहमा डुबेपछि स्थानीयवासीले गल्याङ प्रहरी चौकीलाई खबर गरेका थिए । बिहान १०:३० बजे रहमा बेपत्ता भएका रानाको खोजी गर्दा मृत फेला परेका हुन् । रानाको शव परीक्षणका लागि वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पठाइएको गल्याङ प्रहरी चौकीले जनाएको छ । रानासँगै पौडी खेल्न गएका उनका साथीहरुलाइ प्रहरीले सोधपुछ थालेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update