पाल्पा, आज विश्व सम्पदा दिवस । हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज सम्पदा दिवस मनाइदैछ । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो । दिवसका अवसरमा सम्पदा संरक्षणका आवाज उठ्ने गर्छन् ।
विश्व सम्पदाको संरक्षण तथा सम्वद्र्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन यो दिवस मनाउने गरिन्छ । आज नेपालमा प्रकृतिको संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमा सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाको सहकार्यमा विभिन्न कार्यक्रमहरु गरिदै छ । २०७२ सालको भूकम्पले नेपालका महत्वपूर्ण सांस्कृतिक सम्पदामा क्षति गरेको छ । भूकम्पले ३२ जिल्लाका १ हजार ६ सय सम्पदामा क्षति पुगेको थियो । ती मध्ये अति प्रभावित १४ जिल्लाका ७ सय ५३ सम्पदामा क्षति पुगेको थियो । विश्वसम्पदा सूचीमा नेपालका काठमाडौं, पाटन र भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथ, लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत छन् । तर यि सम्पदाहरुको उचित संरक्षण र प्रवद्र्धन भने हुन सकिरहेको छैन । सम्पदाहरुको संरक्षणको मुल उद्देश्य भनेको नयाँ पिढीलाई सम्पदाहरु र त्यसका इतिहासलाई अवलोकन गर्न मिल्नेगरी जस्ताको तस्तै बचाउनु हो । तर, लोपोन्मुख स्थितिमा पुगेका पुराना कला र ऐतिहासिक सम्पदाहरुको संरक्षणका लागि भने अहिलेसम्म कसैको ध्यान जान सकिरहेको छैन । बहुमूल्य सम्पदाका रूपमा सुचिकृत भएका पुराना स्थान तथा भौगोलिकता नै विश्व सम्पदा क्षेत्रका रुपमा चिनिन्छन् । सन् १९७९ मा पाटन दरबार क्षेत्र, पशुपतिनाथ मन्दिर, वसन्तपुर दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, बौद्धनाथ स्तुपा, चाँगुनारायण मन्दिर र स्वयम्भूनाथ विश्व सम्पदा सूचिमा राखिएका थिए ।
विश्व सम्पदा सूचिमा सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज पनि रहेका छन् । विश्वले नै मान्यता दिएका कुनै पनि सम्पदाहरु देशका मौलिक पहिचानहरु मात्रै हुँदैनन्, तिनले देशको अर्थतन्त्रलाई समेत टेवा दिइरहेका हुन्छन् । सम्पदाहरुप्रति आन्तरिक तथा बाÞय पर्यटकहरुको बढ्दो आकर्षण रहेका कारणले तिनले धेरैको जीवन निर्वाहमा सहजतासमेत प्रदान गरिरहेका हुन्छन् । विश्व सम्पदाका रुपमा सूचीकृत रहेका संरचनाहरुको राज्यले तत्कालै संरक्षण र संवद्र्धन नगर्ने हो भने भोलि आउने पुस्ताका लागि त्यो केवल किताबमा मात्रै सीमित हुने खतरा छ । त्यसका लागि पनि भोलिको पुस्तालाई गौरव र धरोहरका रुपमा रहेका विश्व सम्पदाहरु उस्तै स्वरुपमा हस्तान्तरण गर्ने जिम्मेवारीबाट राज्य चुक्न हुँदैन ।