खडेरीले सुख्खा भएको अवस्था अनि पहाडका डाँडाकाँडामा सल्केको डढेलोका कारण मुलुकका हरेक स्थानहरुमा अहिले वातावरण दूषित छ । मुलुकको राजनैतिक वृत्तमा पनि प्रकृतिकै भाती राजनैतिक वातावरण धूमिल हुँदै गएको छ । देशले असल सरकारहरु खोजिरहेको छ तर पाउन सफल भएको छैन । समस्याहरुका माझ उभिएको केन्द्र सरकार अनि प्रदेश सरकारहरु धेरै अलमलमा रुमल्लिएका छन् । आशाका किरणहरु मुर्भिmएका छन् । निराशाहरु जताततै मौलाएका छन् । देश विकासका गतिहरु मन्द स्वरुपले चलायमान भएका छन् । गाउँ रित्तिए पनि मन भरालै छन् । तन मलिनो भएपनि मनमा आशा र भरोशा कायमै छन् । जनमानसमा दलीय स्वरुपका सकारात्मक र नकारात्मक विम्वहरुले घेरावन्दी छोडेका छैनन् । त्यति हुँदा पनि जनताले नयाँ–नयाँ दलीय स्वरुपमा आएका पार्टीहरुका कहर र पुरातनवादी सोंचको आरोप खेपिरहेका नेताहरुसंग आश गर्न छोडेका छैनन् ।
अधिकारवादीहरु पनि आफ्नै अधिकारका लागि लडिरहेको अनुभूति हुन थालेका हुन्कि भन्ने आशंकाहरु मौलाएका छन् । उद्यमशीलताको खडेरी कायम भइरहेका कारण वित्तीय अनुशासन पनि दुब्लाइरहेको अनुभूति हुन्छ । सोंच र सभ्यताका किरणहरुले उचित स्थान पाउन सकेका छैनन् । मानव विकासमा सूचकहरु ह्रास हुँदै गएका छन् । यी र यस्ता समस्याहरुको समाधानका लागि नयाँ रेखाहरु धुमिल भएका कारणले पनि देश कतै विरामी परेको होकी भन्ने अनुभूति भएको हुन्छ । समस्या मात्रै बिसाएर, मौनम्, स्वीकृत रक्षणम्को अवधारणाले मात्र हुँदैन । समय अनुसार संसार जस्तै हामी पनि नयाँ युगमा प्रवेश गर्दैछौं भन्ने कुरालाई बुझ्न जरुरी छ । त्यसकारण नकारात्मकताका पहाडहरुमा सकारात्मकताका बिरुवा रोपांै र आशाका पालुवाहरुको प्रतिक्षा गरांै । त्यसका लागि सोंचमा परिवर्तन अनि दीगो र सकारात्मकताले ओंतप्रोत भएको परिवर्तन आवश्यक छ ।