Shittalpati
सकारात्मक शिक्षा फैलाउँदै ईश्वरीय विश्व विद्यालय

पाल्पा, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रिय कार्यालय पाल्पाले सकरात्मक शिक्षा फैलाउँदै आएको छ । शान्ति, योगा, ध्यान जस्ता विषयमा ज्ञान प्रदान गर्दै आएको विद्यालयले गुल्मी र पाल्पामा रहेका आफ्ना शाखाहरुमार्फत ठाउँ–ठाउँमा सकारात्मक सोच तथा शिक्षा प्रदान गर्दै आएको हो ।

उसले गुल्मीको रिडी र पाल्पाको तिनाउमा छुट्टाछुट्टै कार्यक्रम गरी सकारात्मक सन्देश प्रवाह गर्ने र एक आपसमा नयाँ वर्षको शुभकामना आदान–प्रदान गरेको छ । विद्यालयले रिडी शाखाको आयोजनामा सकरात्मक शिक्षा प्रदानसँगै अभिनन्दन र शुभकामना अदान–प्रदान गरेको छ । उक्त कार्यक्रममा रुरु क्षेत्र गाउँपलिका–१ का वडा अध्यक्ष नवराज बिकले समाजमा नैतिक तथा सकारात्मक शिक्षा फैलाउने काममा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले अहिलेको अवस्थामा सकरात्मक शिक्षा र चिन्तन आवश्यक रहेको औल्याउँदै विद्यालय त्यस्ता खालका कार्यक्रम गर्दै आएकोमा धन्यवाद समेत व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका पाल्पा तथा गुल्मी क्षेत्रका सचिव तथा केन्द्रिय सदस्य, राजयोगी ब्रह्माकुमार भानुप्रकाश पौडेलले समाजमा देखिएका बेथिति तथा विसंगतिहरुलाई समाधान गर्न राजयोगको अभ्यास  गर्न आवश्यक रहेको उल्लेख गरे । उनले सत्य ईश्वरीय ज्ञान र राजयोगको माध्यमबाट जीवनमा आध्यात्मिक एंव भौतिकता दुवैको समन्वय र सन्तुलन स्थापित गर्दै जीवनमा खुसी, सुख, शान्ति आनन्दका साथै ईश्वरीय शक्ति एंव वरदान प्राप्तिको अनुभूति गराउने काममा सकरात्मक शिक्षाले दिने बताए । सचिव पौड्यालले भने ‘वर्तमान समय मानवमा व्याप्त चिन्त, तनाव, डिपे्रसन, दुख, भय र असुरक्षाले भड्की रहेको मानव मनद्वारा सिर्जित सर्व समस्याहरुको निरुपण गरी जीवनमा खुसी, सुख, शान्ति आनन्दका साथै ईश्वरीय शक्ति एंव वरदान प्राप्तिको अनुभूति सकरात्मक शिक्षाले गराउने विश्वास लिएका छौं ।’ कार्यक्रममा ब्र.कु संगीता दिदी, समाजसेवी, तुलसी मल्ल, भगवती बराल, लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा विद्यालयले ओम शान्ति तथा राजयोग भवन निर्माणामा सहयोग गर्ने स्थानीय, पालिका प्रतिनिधी तथा दाताहरुलाई सम्मान समेत गरेको थियो । रिडी केन्द्रकी सञ्चालिका ब्र.कु गौरी दिदीको अध्यक्षता, ब्र.कु बसन्ती दिदीको सञ्चालनमा कार्यक्रम भएको थियो । यस्तै विद्यालय डुम्रे शाखाको आयोजनामा पाल्पाको तिनाउ गाउँपालिका–३ झुम्सामा पनि सकारात्मक शिक्षा तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ । कार्यक्रमा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले राजयोग साधना र सकारात्मक चिन्तनबाट मात्रै जीवन खुशी र सुखी हुने विश्वास व्यक्त गरे । उनले मन बचन र कर्मले लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा मोटीभेसनल ट्रेनर ऋषी न्यौपानेले सकरात्मक शिक्षाका बारेमा प्रशिक्षण दिर्दै तनाव व्यवस्थापन गर्न सकारात्मक सोचको अभ्यास गर्न आग्रह गरे । कार्यक्रममा विद्यालयका क्षेत्रिय सचिव तथा केद्रिय सदस्य, राजयोगी ब्रह्माकुमार भानुप्रकाश पौडेल, वडा अध्यक्ष तिर्थबहादुर थापा, महिला समाजसेबी साबित्रा पाण्डे लगायतले अहिलेको अवस्थामा सकरात्मक शिक्षा अपरिहार्य रहेको उल्लेख गरे । विद्यालय डुम्रे शाखाकी सञ्चालिका ब्र.कु जानकी दिदीको अध्यक्षता, समाजसेवी शिव पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update