Shittalpati
एमाले तानसेनको अध्यक्षमा पुनः आत्रेय

पाल्पा, नेकपा एमाले तानसेन नगर कमिटीको अध्यक्षमा पुनः गुराँश आत्रेय निर्विरोध निर्वाचित भएका छन् । बुधबार तानसेनमा भएको एमालेको दोस्रो अधिवेशनले आत्रेयलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।  

जसको उपाध्यक्षमा शशी श्रेष्ठ, सचिवमा महेशलाल शाक्य, उपसचिवमा मित्रलाल नेपाली र थानिमाया सोमै चयन भएका छन् । १४ वटा वडा रहेको तानसेन नगरपालिकामा एक सय  भन्दा बढी पार्टी संगठित सदस्यहरु भएको स्थानमा ५ जना र एक सयभन्दा कम संगठित सदस्य भएको वडामा ३ जना सदस्य आउने गरी एमाले नगर कमिटीमा नगर सदस्यहरु चयन भएका छन् । अधिवेशनले कमिटीका नगर पुर्व अध्यक्ष रामप्रसाद पोखरेल, पार्टी उप–सचिव मित्रलाल नेपाली र १४ वटै वडा कमिटी अध्यक्षहरुलाई विशेष सम्मान गरेको छ ।

अधिवेशनमा नेकपा एमालेका पोलिटिव्युरो सदस्य ठाकुरप्रसाद गैरे, पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरे, पार्टी पुर्व अध्यक्ष नारायणप्रसाद आचार्य पार्टीका केन्द्रीय सल्लाहकार पर्शुराम भट्टराई, संविधानसभा सदस्य नारायणी शर्मा घिमिरे लगायतले सम्बोधन गर्दै सुखी नेपाली सम्बृद्ध नेपाल बनाउने पार्टी एमाले मात्र भएकाले सबै जनतालाई एमालेमा गोलवन्द हुन अनुरोध गरे । ईलाम र बझाङ उप–निर्वाचनले पनि जनता एमालेको पक्षमा रहेकाले आगामी ८४ को निर्वाचनमा एमालेले संघ र प्रदेशमा बहुमत ल्याउने संकेत मिलेको बक्ताहरुले दावी गरे ।

अधिवेशनमा तानसेन नगर कमिटी अध्यक्ष आत्रेयले राजनीतिक प्रतिवेदनमार्फत पार्टीको अवस्था, आगामी दिनमा गर्नुपर्ने गतिविधीको बारेमा जानकारी गराएका थिए । अधिवेशनको खुला सत्र एमाले नगर कमिटी अध्यक्ष गुराँश आत्रेयको अध्यक्षता, उपाध्यक्ष शशी श्रेष्ठको स्वागत र सचिव महेशलाल शाक्यको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update