Shittalpati
देवघाटमा अस्तित्वको चर्चा र साहित्यकार सम्मानित

पाल्पा, पवित्र देवतीर्थस्थल देवघाटमा पाल्पाली साहित्यकार  पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन ऐतिहासिक आख्यान अस्तित्वको परिचर्चा र साहित्यकारको सम्मान गरिएको छ । पाल्पा साहित्य समाजको आयोजनामा अस्तित्वको चर्चा र साहित्यकारको सम्मान कार्यक्रम गरिएको हो ।

  कार्यक्रममा समाजले अग्रज साहित्यकार नलराज शास्त्री नेपाललाई सम्मान गरेको छ । पाल्पा देउराली जन्म भई हाल देवघाट बसोबास गर्दै आएका नेपाली र संस्कृत वाङ्मयका विद्वान दर्जनौं कृतिका लेखक, ९० बर्षीय शास्त्रीलाई सम्मान गरिएको समाजले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार एवं इतिहासविद प्रा.डा.कर्णबहादुर बानियाँले शास्त्रीलाई सम्मान गरेका थिए । सम्मान गर्दै प्रमुख अतिथि बानियाँले साहित्यकार शास्त्रीले आध्यात्मिक साहित्यको क्षेत्रमा पुु¥याएको योगदान महत्वपूर्ण रहेको बताए ।  उनले साहित्यकार अथकद्वारा लिखित अस्तित्वले फेरि एकपटक पाल्पा राज्यको इतिहासलाई सरलीकृत गरेको समेत उल्लेख गरे । सम्मानित व्यक्ति साहित्यकार शास्त्रीले पाल्पाबाट देवघाट आएर आफ्नो कर्मलाई सम्मान गरेकोमा समाजलाई धन्यवाद दिए ।

कार्यक्रममा साहित्यकार प्रा.डा.नारायणप्रसाद खनाल, डा.एकनारायण पौड्याल, डा.केशवराज चालिसे, प्रधुम्न चालिसे, सावी चालिसे र चक्रशीला मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भवानीप्रसाद तिम्सिना लगायतले कृतिगत चर्चासँगै शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा पाल्पा साहित्य समाजद्वारा प्रकाशित कृति अस्तित्व र अग्रज साहित्यकार कृष्णप्रसाद लाकोलद्वारा लिखित कृति लगायत अन्य कृतिहरू समाजले उपहार प्रदान गरेको थियो । समाजका पूर्व अध्यक्ष एवं वर्तमान संरक्षक राजेन्द्रगोपाल सिंहको अध्यक्षता, अध्यक्ष पुष्कर अथक रेग्मीको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update