Shittalpati
किसान महासंघ पाल्पाको तदर्थ समिति गठन 

पाल्पा, नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघ पाल्पाको तदर्थ समिति गठन भएको छ । जगन्नाथ अर्यालको अध्यक्षतामा ३४ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

माहासंघको विधानको २००८ (२०५३, ०५५, ०५९, ०६४, ०७० र ०७८ संशोधन सहित)को दफा १७ को (३),(४) बमोजिम तदर्थ समिति गठन गरिएको महासंघले जनाएको छ । पछि पदाधिकारी चयन गर्ने गरी अहिले सदस्य मात्र चयन गरिएको अध्यक्ष अर्यालले बताए । अध्यक्ष अर्याललाई यस अघि नै महासंघका केन्द्रीय अध्यक्ष गणेश चन्द्र तिम्लिसिनाले जिल्ला अध्यक्षमा मनोनयन गरेका थिए । महासंघको जिल्ला  तदर्थ समितिको सदस्यमा लालबहादुर सारु, पद्य खण्डलुक, कृष्णकुमार अर्याल, बलबहादुर राना, बछाद अलि मिया, कमल खत्री, मिना थापा, कृष्ण सिंजाली, कुलप्रसाद काफ्ले, गोविन्द न्यौपाने, कृष्ण भट्टराई, दामोदर घर्ति, शुभद्रा देवी शर्मा, यज्ञ बस्याल, नरबहादुर थापा, भगवती घिमिरे, लक्ष्मी पहारी, सुर्य बगाले, लेखबहादुर कार्की,तुलबहादुर सोमरे, लोकनाथ घिमिरे, सन्तोष बौडेल, कल्पना राउत, शर्मिला जिसी, रामबहादुर खाति, सुरेश थापा, लक्ष्मी पाण्डे,गोमा गैरे, गुनबहादुर बगाले, भिमलाल अधिकारी, माया नेपाल, विश्वराज पन्त, अमर बहादुर कार्की, हुमान सिं कार्की रहेका छन् । यस्तै महासंघले सल्लाहकार पनि चयन गरेको छ । जसमा मोतिराज ज्ञवाली,देवराज ढकाल, यमलाल तिमिल्सीना, बसन्ती घिमिरे र भानुभक्त पाण्डे रहेका छन् । 

महासंघले एक कार्यक्रमका बिच तदर्थ समितिको घोषणा गरेको हो । घोषणा कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले किसानहरुको हितमा इमान्दारीताका साथ काम गर्न समितिलाई आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु रामेश्वर पन्थी, रामबहादुर कार्की, लक्ष्मी पाण्डे, दिनेश गन्धर्व, काँग्रेस प्रवक्ता शोभखर न्यौपाने, महासंघका सदस्यहरु कृष्ण प्रसाद अर्याल, दामोदर घर्ती, यज्ञ बस्याल, सन्तोष बौड्याल लगायतले आ–आफ्ना धारणा राखेका थिए । महासंघका अध्यक्ष जगन्नाथ अर्यालको अध्यक्षता, सदस्य कृष्ण भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।    
 


 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update