Shittalpati
लायन्स क्लब श्रीनगर र रानीमहलद्वारा पूर्वाखोलाका आगलागी पीडितलाई राहत

पाल्पा, जिल्लाको मानवीय सेवामा क्रियाशिल रहेका लायन्स क्लव अफ श्रीनगर र रानीमहलले  आगलागी पीडितलाई राहत सहयोग गरेका छन् । उनीहरुले पाल्पाको पूर्वखोला गाउँपालिका –६ हेक्लाङका आगलागी पीडितहरूलाई राहत सामग्री सहयोग गरेका हुन् ।

बुधबार जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि २७ घरगोठ र ८ पशुचौपया जल्दा लाखौंको धनमाल नष्ट भएको थियो । आगलागीबाट घरबार गुमाएका यहाँका नागरिकहरुलाई क्लवहरुले राहत स्वरुप लत्ता कपडा, खाद्यान्न सहयोग गरेका हुन् । 
श्रीनगर लायन्स क्वका पदाधिकारीहरुले टोलमै पुगेर त्यहाँ पूर्ण क्षति भएका परिवारलाई ६/६ थान सिरक, डसना र सिरानी वितरण गरेको क्लब एओजी झमनबहादुर राजमगरले जानकारी दिए । लुम्बिनी प्रदेश सांसद, क्लवका  सिनियर डिस्ट्रिक एडभाइजर तथा पूर्व अध्यक्ष खेम बहादुर सारू, क्लब एओजी  झमनबहादुर राजमगर,  क्लवका पूर्व अध्यक्ष तारा बहादुर कुंवर,एरिया सेक्रेटरी तथा पूूर्व अध्यक्ष  अशेष भट्टराई,व डा अध्यक्ष धन बहादुर घर्ती, पूर्व वडा अध्यक्ष मनबहादुर शारू लगाएतको टोली राहत लिएर आगलागी प्रभावित क्षेत्र पुगेको थियो । 

यस्तै लायन्स क्लव अफ रानीमहलले पनि आगलागी पीडितहरुका लागि खाद्यान्न वितरण गरेको छ । प्रभावित क्षेत्रमै  पुगेर ३० बोरा चामल, ३ पेटी तेल, २ बोहोरा सोयाविन, २ प्याकेट पुरनदाना, १५ दर्जन विस्कुट, घाइते पशुचौपयाका लागि आवश्यक औषधि, मेनिकिट, ३० दर्जन कापी, सेनिटरी प्याड, लगाउने कपडा लगायतका राहत सामग्री वितरण गरिएको लायन्स इन्टरनेश्नल डिष्ट्रिक ३२५ रिजन ३ का रिजन चियर पर्सन गंगाबहादुर खत्रीले जानकारी दिए । उनले हेक्लाङ्मा भएको आगलागीको घटनाले लायन्सलाई अत्यन्त दुखी बनाएको र घरबारविहीन भएकाहरुलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले राहत सामग्री लिएर प्रभावित क्षेत्र पुगेको बताए ।

क्लवका अध्यक्ष कोसीस भण्डारी, पूर्व अध्यक्ष महेन्द्र पोखरेल, सचिव करुणा काफ्ले, लायन्स इन्टरनेश्नल डिष्ट्रिक ३२५ रिजन ३ का रिजन चियर पर्सन गंगाबहादुर खत्री, क्लवका सदस्यहरु मधु सुधन पराजुली,  ढकेश्वर बस्याल, पूर्ण बहादुर थापा लगायतको टोली राहत सामग्री लिएर प्रभावित क्षेत्र हेक्लाङ् पुगेको हो । क्लवले केही दिन अघि गुल्मीको इस्माका आगलागी पीडितहरुका लागि समेत राहत वितरण गरेको थियो ।   

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update