विमला पाण्डे
मेरा बालाई पनि त मेरो सफलता हेर्ने रहर छ होला
खै त मैले त्यो आश पुरा गर्न सकेको ,
म त्यति कमजोर पनि त हैन
आजसम्म कुनै गन्तव्यले मलाईं अँगालेको छैन ।।
यताउता सबैले आफ्ना छोराछोरीका उपलब्धी सुनाउँदै गर्दा म बुझेको छु तिम्रो मुस्कान पछिको उदासिनता ,
तिम्रो फुटेका ति हात पाखुरा याद छ मलाईं अब गर्दै छु केही गर्नेछु ,
खै कता हरायो यो मन छट्पटिमा बितिरहेका छन् यि रातहरू ,
हारमै रोकिएको छ जीवन जितको आभाष हुँदैंन् कत्तै पनि ,
सपना देख्न सजिलो छ पुरा गर्न संर्घष चाहिन्छ
सपना पुरा गर्न हातपाखुरा चलाउनु पर्छ ।।
थाहा छ तिम्रो संर्घष मेरा लागि नै हो
दिनभरिको थकानले निशब्द तिम्रा ति ओठहरु, खै कसरी तर केही गर्नेछु,
तिम्रो मलिनतमा थोरै रङ भर्नेछु ।
आशा छ केही गर्नेछु : आशा छ केही गर्नेछु ।।