Shittalpati
असफल यात्री

✍️  विमला पाण्डे

वर्तमानमा चल्दै भविष्य खोजिरहे छु

कुनै छैन सफलताको पाटो ।

बाउकै कमाइमा अनेकौँ रहर रोजिरहेछु

उमेरले डाडाँ काट्दै छ आमाको चोली

पुरानो भई फाट्दै , म भने दुःख सँग

सुख साट्ने बाटो सोचिरहेछु

वर्तमानमा चल्दै भविष्य खोजिरहेछु ।

मुस्कानलाई पीडासँग धितो राख्दै ,

समस्याका नमिठा  पलहरू  चाख्दै ,

देखावटी आफ्नो पनबाट टाढा भाग्दै,

म विपनामै आफ्नो सपनालाई घोचिरहेछु ,

वर्तमानमा चल्दै भविष्य  खोजिरहेछु ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update