Shittalpati
साहित्य सिर्जनाहरु सत्य कुरामा केन्द्रित हुनुपर्छ : ज्ञवाली

पाल्पा, साहित्यकार एवं नेकपा एमालेका उप–महासचिव प्रदिप कुमार ज्ञवालीले साहित्य सिर्जनाहरु सत्य कुरामा केन्द्रित हुनुुपर्ने बताएका छन् । तरङ्ग साहित्य संगम तानसेनको आयोजनामा लेखक राम प्रसाद अर्यालद्धारा लिखित घुस्सा हास्य व्यङग निबन्ध र प्रा.डा. कपिल लामिछानेको राराको डिलमा नियात्रा निबन्धको लोकापर्ण गर्दै एमाले उप–महासचिव ज्ञवालीले साहित्यकार तथा श्रष्टाहरुले रचना गर्ने सिर्जनाहरु सत्य कुरामा केन्द्रित हुनुुपर्ने बताएका हुन् ।

उनले भने ‘सिर्जनाका माध्यमबाट समाजमा भएका राम्रा नराम्रा पक्षका सत्य कुराहरुलाई जनमासमा ल्याउनु पर्छ । नराम्रो भएपनि सत्य कुरा समाजले ग्रहण गर्छ मनन् गर्छ त्यसैले साहित्य सिर्जनाहरु सत्य कुरामा केन्द्रित हुन आवश्यक छ ।’ श्रष्टा तथा साहित्यकारहरुले आफुलाई सधै सरकार तथा समाजको प्रतिपक्षको रुपमा सम्झिने गरेको उपमहासचिव ज्ञवालीले बताए । उनले भने ‘प्रतिपक्ष हुँँ भन्दैमा देशको अग्रगमन, आमजनताको भावना विपरित सिर्जनाहरु  रचना तथा अभिव्यक्ति गर्न हुँदैन ।’

देश समाज बचाउने, देशलाई माथि उठाउने, निराशावादी चिन्तनलाई सकारात्मक बनाउने, देशमा केही भएको छैन भन्ने आवाजलाई स्वदेशमै राम्रो छ भनेर सकारात्मक चिन्तनको विकास गर्ने काम पनि श्रष्टाहरुको भएको साहित्यकार ज्ञवालीलले बताए ।

साहित्यकार एवं पत्रकार राम प्रसाद अर्यालको घुस्सा हास्य व्यङग निबन्ध चौथो प्रकाशन हो । उनले २०६२ के छ हजुर, विहानीपख २०७२, देउरालीको फन्को २०७९ प्रकाशित गरिसकेका छन् । घुस्सा हास्य व्यङग निबन्धमा २८ वटा निबन्धहरु रहेका छन् । राजनीति, देश ,समाजमा भए गरेका विकृति, अनियमिता, अन्याय अत्याचारका विषयवस्तुलाई लेखक अर्यालले हास्य व्यङगको माध्यमबाट निबन्धमा सामग्रीहरु पस्केका छन् ।

घुस्साको त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उप–प्राध्यापक टंक पन्थले समीक्षा गरेका थिए । समीक्षक पन्थले अर्यालको  स्वभाव नरम, मिठो बोल्ने, कसैसँग नरिसाउने रहेपनि साहित्य क्षेत्रमा भने अर्यालको व्यङ्ग आफैलाई प्रहार गरेको जस्तो गरी कडा रुपमा प्रस्तुत भएको बताए । कार्यक्रममा लेखक अर्यालले देउराली पत्रिका सम्पादन गर्दै लेखिएका निबन्ध लेखेको बताए । आगामी दिनमा विभिन्न कृतिहरु प्रकाशित गर्दै जाने लेखक अर्यालले बताए । प्रा.डा. लामिछानेद्धारा लिखित राराको डिल निबन्धको  साहित्यकार रुद्र ज्ञवालीले समिक्षा गरे । राराको डिल निबन्धमा  साहित्यकार लामिछानेले १३ पटक मुलकु भित्र र बाहिर गरेका यात्राको १९ वटा शिर्षकमा निबन्ध प्रस्तुत भएको समीक्षक ज्ञवालीले बताए । प्रा. डा. लामिछानेका ६ दजर्न कृतिहरु प्रकाशित भईसकेका छन् ।

कार्यक्रममा लेखक प्रा.डा.लामिछानेले साहित्यकार लामिछानेले १३ पटक मुलकु भित्र र बाहिर गरेका यात्राको सम्झना र यात्राको क्रममा देखिएका गतिविधीहरुलाई आफ्नो देश, समाज, कलासंस्कृति भेष भुषासँग तुलना र समीक्षा गर्दै निबन्ध लेखिएको  बताए । कार्यक्रममा तानसेन नगरपालिकाका– ८ का वडा अध्यक्ष सोमनाथ अर्याल, ९ का वडा अध्यक्ष राजेश कुमार अर्याल, धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेल, पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करराज रेग्मी, पत्रकार महासंघका अध्यक्ष रेखीराम राना, बरिष्ठ पत्रकार मेघराज शर्मा लगायतले लोकापर्ण भएका कृति घुस्सा र राराको डिलको चर्चा गरेका थिए । तरङ्ग साहित्य संगमका अध्यक्ष राधाकृष्ण शर्माको अध्यक्षता, उपाध्यक्ष केशव अधिकारीको स्वागत, सह–सचिव प्रेम खरालको सञ्चालनमा लोकापर्ण कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update