Shittalpati
 पाल्पामा नृत्य निर्देशक संघ गठन

पाल्पा,जिल्लामा नृत्य निर्देशक संघ पाल्पा गठन  भएको छ । जिल्लामा क्रियाशिल नृत्य कलाकारहरुको भेलाले सुमन थापाको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा पुरन गाहा, महिला उपाध्यक्षमा मनिषा पुन, सचिवमा करण चित्रकार, सह–सचिव राज राई, कोषाध्यक्ष कमल गाहा र सह कोषाध्यक्ष गोकुल सारु रहेका छन् । कार्यक्रममा प्रमुख तानससेन नगरपालिकाका सामाजिक विकास अधिकृत भरत आचार्यले देशका विभिन्न क्षेत्रमा लुकेर रहेका कलासंस्कृतीको उत्थानमा नृत्य कलाकारको भूमिका महत्वपूर्ण रहेको बताए । 

सोही अवसरमा नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशको समेत दोस्रो साधारण सभा तथा अधिवेशन  भएको छ । अधिवेशनले लोकेन्द्र शाहलाई नै प्रदेश अध्यक्ष चयन गरेको छ । कार्यक्रममा केन्द्रिय सदस्य दावा लामाले नृत्य गर्ने कार्य पेशा र रमाइलो बिसषय मात्र नभएर देशको पहिचान पनी भएको उल्लेख गरे । नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले देशको कला र कलाकारको संरक्षण गर्नु राज्यको दायित्व भए पनि राज्यले आफ्नो दायित्व पुरा गर्न नसकेको उल्लेख गरे । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update