तानसेन, नेपाल पत्रकार महासंघ पाल्पाका निर्वतमान अध्यक्ष एवं तानसेन नगर कार्यपालिका सदस्य राजेशकुमार अर्यालले, पाल्पाली पत्रकारहरुले सत्य तथ्य समाचारहरु लेख्न डराएको आरोप लगाएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको ११ औं अधिवेशनमा अतिथिका रुपमा बोल्दै, अर्यालले तानसेन नगर सरकारले हालै आयोजना गरेको प्रथम तानसेन महोत्सवमा व्यापक अनियमितता भएको औंल्याउँदै, सो विषय पाल्पाली पत्रकारले उठान गर्न नसकेको आरोप लगाए ।
खुलेआम भ्रष्टाचार हुँदा, मिडियाले टुलुटुलु हुर्नु हुदैन्थ्यो, पाल्पाली पत्रकारहरु विषय वस्तु उठानमा कमजोर भएका कारण आफुले यो कार्यक्रममा मनमा लागेका कुरा खुलेर वोल्न वाध्य भएको पनि बताए । उनले, आज म धेरै कुरा खोलेर गर्छु भन्दै, पाल्पाली पत्रकार र मिडियाले तानसेन महोत्सव, शिक्षा, स्वास्थ्य लगायत नगर र जिल्लामा हुने गरेका अनियमितताका विषयमा मौनता साध्नु आफैमा कमजोरी हो भने । अर्यालले, आफु पत्रकारिता फाँटबाटै राजनीतिमा लागेको औल्याउँदै, तीन बर्ष पछि फेरी पत्रकारिता फाँटमै फर्के भने, सबै कुराखोतल्ने हिम्मतका साथ अगाडी बढ्छु । भन्ने आसय र इच्छा जाहेर गरे । नेपाल पत्रकार महासंघका सदस्य पत्रकारहरुले खचाखच भरिएको सभाहलमा, उनी बोल्दै गर्दा, आफु नगर कार्यपालिका सदस्य हुँदा, कार्यपालिका वैठकमा मौन बस्ने अनि बाहिर कुर्लने रु भन्ने गाई गुई पनि चली रहेको थियो । हठी र स्वच्छ क्षविभएका मानिने अर्याल महासंघ पाल्पाका पुर्वअध्यक्ष र अहिले तानसेन वडा ९ का वडा अध्यक्ष हुन ।