Shittalpati
पाल्पाको निस्दीमा जिप दुर्घटना :  दुईको मृत्यु, १३ घाइते

 संगीता आचार्य

पाल्पा, जिल्लाको निस्दी गाउँपालिका–४,मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को अरुणखोलाबाट निस्दी गाउँपालिका–३ खादरतर्फ जाँदै गरेको लु १ ज ३३२४ नम्बर डवल क्याप पिकप जिप दुर्घटना हुँदा दुुई जनाको मृत्युु भएको हो ।

मृत्युु हुनेमा निस्दी–४ का २० वर्षीय तेजन सोमाई र सोही ठाउँका ६ वर्षीय राजीव सुनारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परी गम्भीर घाइते भएका सोमाईको उपचारका क्रममा र सुनारीको घटनास्थलमै मृत्युु भएको थियो ।  

जिपमा सवार १५ जना मध्ये १३ जना घाइते घाइते भएका छन् । घाइते हुनेहरुमा निस्दी गाउँपालिका –४ का २७ वर्षीया धामीसरा सुनारी, सोही ठाउँकै ७४ वर्षीया माया खड्गाा, २८ वर्षीय गाडी चालक नुरेस खाम्चा, २४ वर्षीया ईसानी गाहा, उनको १ वर्षीया छोरी सहिरा गाहा रहेका छन् । यस्तै ४० वर्षीया दरीमा मश्रांगी, २० वर्षीय हिरा खड्गा, ४३ वर्षीया बनि सुनारी, ३१ वर्षीय सुरबहादुर सोमाई, २८ वर्षीया कुसुम सारु थापा, उनको साढे २ वर्षीया छोरी मनिका सारु, १७ वर्षीया हेमसरी घर्ती, निस्दी –३ का ६६ वर्षीय खुमबहादुर सोती पनि घाइते रहेको प्रहरीले जनाएको छ । घाइते सबैको उपचारका लागि नवलपरासी पठाइएको बुझिएको छ ।  घटनाको विषयमा थप अन्ुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update