पाल्पा जिल्ला सिल गर्ने निर्णय
पाल्पा । पाल्पा जिल्लालाई जेठ ५ गते सोमबारसम्म सिल गर्ने जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । पाल्पा जिल्लालाई ३ गते शनिबार बिहान ५ बजेदेखि ५ गते सोमबार राति १२ बजेसम्म सिल गर्ने निर्णय गरेको हो ।
बैठकले औषधी एम्बुलेन्स शबबहान लगायतका अत्यावश्यकीय वस्तुको गाडी बाहेक कुनै पनि सवारी साधन सञ्चालन नगर्ने र उद्योग व्यवसाय समेत सञ्चालन नगर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले यस अघि सबै ई पास खारेज गर्दै एक जिल्लाबाट अर्को जिल्लामा समेत जान रोक लगाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्