Shittalpati
बर्तुङ्ग–रिडी–तम्घास सडक २० दिन बन्द हुने

पाल्पा, बर्तुङ्ग–रिडी–तम्घास सडक खण्ड २० दिन बन्द हुने भएको छ । सो सडक अन्तर्गत मालमुल–रिडी खण्डमा सडक स्तरोन्नती तथा मर्मत कार्य भइरहेकाले जेठ ७ गतेदेखि २६ गतेसम्म सडक बन्द हुने भएको हो । 

निर्माण व्यवसायीको माग अनुसार जिल्ला सडक सुरक्षा समितिको विहीबार तानसेनमा बसेको बैंठकले दैनिक १२ घण्टा सडक बन्द गर्ने निर्णय गरेको छ । जोर्ते क्षेत्रमा सडक अत्यन्तै साघुँरो हुँदा दुर्घटना हुने जोखिम अत्यधिक रहेकोले सवारी आवागमन बन्द गरी कार्य गर्न निर्माण व्यवसायीबाट माग भई आएकाले विहान ८ बजेदेखि साँझा ७ बजेसम्म सडक बन्द गरिने भएको बताइएको छ । ढुङ्गा कटिङ्ग र सडक ढलानको कार्य गर्न बाटो बन्द गर्ने निर्णय गरिएको जिल्ला सडक सुरक्षा समितिका संयोजक  तथा पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताए ।

उक्त सडक खण्ड प्रयोग गर्नेहरुले वैकल्पिक सडकको रुपमा अर्गली–रानीमहल–बतासेडाँडा–ढुङ्गाखानी–होलाङ्गदी र अर्गली–रानीमहल–गोर्खेकोट–चिलाङ्गदी–सिद्धार्थ राजमार्ग प्रयोग गर्नुुपर्ने छ । श्री अधिकारी÷कार्की जे.भी.,लमजुङ र रन्जित रञ्जन कन्स्ट्रक्सन गुल्मीले मालमुल–रिडी खण्डमा सडक स्तरोन्नती तथा मर्मत निर्माणको कार्य गर्दै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update