Shittalpati
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन

काठमाडौँ, राष्ट्रियसभाको आजको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आ आफ्नो आसनबाट उठ्नुभएपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक भोलि शुक्रबार दिउँसो १.१५ बजे बस्ने गरी स्थगित गरेका हुन् । 

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर  राष्ट्रियसभाको बैठक अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update