पाल्पा । कोरोना संक्रमणबाट सुरिक्षत रहनका लागि सुरक्षामा खटिएका प्रहरी र समाचार संकलनमा खटिने सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । रणउजिरेश्वरी लायन्स क्लवले सुरक्षामा खटिएका प्रहरी र नेपाल महिला संघले समाचार संकलनमा खटिने सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
शुक्रबारका दिन नेपाल प्रेस युनियनको कार्यालयमा सामाजिक दुरी कायम गर्दै नेपाल महिला संघ पाल्पाकी अध्यक्ष गंगा पौडेल, उपाध्यक्ष मिना पन्थी, सचिव सुनिता अधिकारीले संयुक्त रुपमा युनियनका सभापति भरत शर्मालाई सेनिटाईजर र माक्सहरु हस्तान्तरण गरेका हुन् । यसैबिच रणउजिरेश्वरी लायन्स क्लब पाल्पाको तर्फबाट क्लबकी संस्थापक अध्यक्ष मिना पन्थी, अध्यक्ष दीपारानी रेग्मीले जिल्ला प्रहरी कार्यालय पाल्पालाई समेत माक्स र सेनिटाईजर हस्तान्तरण गरेको क्लबले जनाएको छ ।